बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सातौं विश्व स्कुल दुध दिवस मनाइँदै

शुक्रबार, ०७ असोज २०७९, १७ : २०
शुक्रबार, ०७ असोज २०७९

नेपालमा सातौं विश्व स्कुल दुध दिवस मनाइने भएको छ । विश्वमा २२ औं र नेपालमा सातौं विश्व स्कुल दुध दिवस मनाउन लागिएको हो । विश्वमा कुनै पनि बालबालिकाले दुध तथा दुग्ध पदार्थ सेवनबाट बञ्चित हुन नपरोस् भनेर सन् २००० देखि सेप्टेम्बर महिनाको अन्तिम बुधबार स्कुल दुध दिवस मनाउन शुरु गरिएको थियो ।

नेपालमा असोज १२ गते सेप्टेम्बर महिनाको अन्तिम बुधबार परेको छ । सो दिन विश्व स्कुल दुध दिवस मनाउनका लागि नेपाल डेरी एसोसिएसनले असोज ७ गतेदेखि नै विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको छ । कार्यक्रमको अन्तिम दिन अर्थात असोज १२ गते विश्व स्कुल दुध दिवसका दिन करिब ३ सय जनालाई दुध तथा दुग्ध पदार्थ वितरण गरिने एसोसिएसनको भनाई छ ।

यो दिवस दुध पूर्ण आहार हो भन्ने कुरा बुझाउन, दुध उपभोग बढाउन, दुधको महत्व जन्मेदेखि मर्दासम्म रहेको छ भन्ने बुझाउन, बालबालिकादेखि वृद्धवृद्धासम्मका लागि दुध अति नै महत्वपूर्ण छ भन्ने कुरा बुझाउन तथा दूधले बालबालिकाहरूको मस्तिष्क विकास, शारीरिक विकासमा महत्व राख्छ भन्ने बुझाउन दिवस मनाउन लागिएको एसोसिएसनले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप