एमालेसँग चुनावी तालमेलका लागि लोसपाले बनायो वार्ता समिति
शुक्रबार, ०७ असोज २०७९, १६ : ४८

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले एमाले लगायतका दलसँग चुनावी सहकार्य गर्न समिति बनाएको छ । पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको संयोजकत्वमा ६ सदस्यीय समिति बनाएको अध्यक्ष महन्थ ठाकुरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
समितिमा नेता शरदसिंह भण्डारी, अनिलकुमार झा, सवेन्द्र शुुक्ला, लक्ष्मण लाल कर्ण र जितेन्द्र सोनललाई राखिएको छ । सत्ता गठबन्धनसँग तालमेलका लागि गरेको प्रयास असफल भएपछि लोसापाले एमालेसँग सहकार्य गर्न लागेको छ । यसअघि एमाले र जसापका नेताबीच विभिन्न चरणमा छलफल भएपनि औपचारिक रुपमा तालमेलको प्रयास भएको थिएन ।
वार्ता समिति बनाएसँगै एमाले र लोसापाबीच आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा तालमेल हुने सम्भावना बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहटमा सय बढी कार्यकर्ता कांग्रेसमा प्रवेश
-
नौ वर्षमा पनि पूरा भएन मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड
-
यातायात कार्यालयका अधिकृत गौतमविरूद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा
-
दुई बुँदे सहमति पालना नभए माओवादी के गर्छ ?
-
हामीले गृहमन्त्रीलाई अपराधी भनेका छैनौँ : रास्वपा
-
प्रशासनमा पुग्यो न्यायपालिका अधिकृत समाजको विवाद