असोज २० भित्र कार्यालय स्थापना गर्न र सहमतिविना निर्वाचन क्षेत्र नछोड्न निर्वाचन अधिकृतहरूलाई निर्देशन
निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि असोज १५ देखि २० भित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न निर्देशन दिएको छ । आयोगका प्रवक्ता शालिग्राम पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै असोज २० गतेभित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न ७७ वटै जिल्लाका निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको हो । यसअघि आयोगले सबै जिल्लामा जिल्ला निर्वाचन अधिकृत तोकेको थियो ।
साथै निर्वाचन अधिकृतको कार्यालय स्थापना भएपछि उक्त कार्यालय स्थापना भएको जानकारी आयोगलाई गराउन भन्दै कार्यालय स्थापना गरेपछि आयोगको सहमतिबिना निर्वाचन क्षेत्र नछोड्न भनेको छ । ‘निर्वाचन अधिकृतले कार्यालय स्थापना गरेपछि आयोगको पूर्व सहमति बिना तोकिएको निर्वाचन क्षेत्र नछाड्न सबै निर्वाचन अधिकृतलाई जानकारी गराउने निर्णय समेत भएको छ’, आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजस्थान रोयल्सको आठौँ जित, लखनऊ ७ विकेटले पराजित
-
नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो खेल आज
-
विदेशी लगानी भित्र्याउने लक्ष्यसहित आजदेखि तेस्रो लगानी सम्मेलन
-
आज यी स्थानमा वर्षको सम्भावना, लुम्बिनी, मधेस र कोशी प्रदेशमा हावाहुरीको जोखिम
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
अध्यादेश जारी गर्ने सरकारको निर्णयको कांग्रेसद्वारा निन्दा