मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

सांग्रिला मोटर्सले ल्यायो ‘अहिले ड्राइभ गर्नुहोस् पछि तिर्नुहोस्’ अफर

शुक्रबार, ०७ असोज २०७९, १६ : ३९
शुक्रबार, ०७ असोज २०७९

काठमाडौं । नेपालमा प्युजो र सिट्रोन गाडीको लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले चाडपर्वको समयमा आफ्नो सबैभन्दा ठूलो अफर ल्याएको औपचारिक घोषणा गरेको छ । दशैं, तिहार र छठ भर मान्य हुने यो चाडपर्व अफर, यस वर्षको सबैभन्दा ठूलो र आकर्षक अफर भएको दाबी कम्पनीको छ ।

सांग्रिला मोटर्सले प्युजो वा सिट्रोन कार किन्ने जो कोहीलाई क्रमशः १६ लाख ५० हजार रुपैयाँ र १५ लाख ५० हजार रुपैयाँको लाभ प्रदान गरिने कम्पनीले जानकारी दिएको छ । त्यसैगरी, प्युजो र सिट्रोन दुवैले आफ्ना ग्राहकलाई ७ लाख छुट, १ वर्षको निःशुल्क बीमा, ४ महिनाको ब्याजसहित निःशुल्क इएमआई र १ वर्षसम्म सडक कर निःशुल्क उपलब्ध गराउँदै छन् । 

प्रसिद्ध  फ्रान्सेली अटोमोबाइल ब्रान्डहरू मध्ये एक सिट्रोन साङ्ग्रिला मोटर्सले पहिलो पटक ल्याएको हो ।  यो चाडपर्वको प्रस्ताव सिट्रोनको सी फाइभ एयरक्रस मोडलमा मान्य छ । सी फाइभ एयरक्रस मोडल, एउटा विलासी फ्रान्सेली कार हो जसले क्लास र आरामलाई एउटै कारमा पहुँचयोग्य बनाउँछ भनेर निक्कै प्रख्यात छ । यस्तै, प्युजो गाडी नेपाली कार बजारमा पहिले नै स्थापित भइसकेको छ ।

यो चाडपर्वको अवसरमा सांग्रिला मोटर्सले ‘ड्राइभ नाउ, पे लेटर’ योजना ल्याएर सवारी साधनको सपना देख्नेहरूलाई सहज बनाउने लक्ष्यमा यो अफर ल्याएको जानकारी दिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप