आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

दशैंमा यातायातको सहज व्यवस्थापन गर्न गृह प्रवक्ताको नेतृत्वमा समिति

शुक्रबार, ०७ असोज २०७९, १६ : ३०
शुक्रबार, ०७ असोज २०७९

चाडपर्वमा सम्भावित दुर्घटना रोकथाम र यातायातको सहज व्यवस्थापनका लागि समिति गठन गरिएको छ । गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) फणिन्द्रमणि पोखरेलको नेतृत्वमा ६ सदस्यीय समिति गठन गरिएको गृहमन्त्री बालकृष्ण खाणको सचिवालयले जनाएको छ । 

समितिलाई दशैं र तिहार लगायतका चाडपर्वमा यातायात व्यवस्थापन बारे आवश्यक निर्देशन दिने अधिकार दिइएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्व नजिकिएको बेला भइरहेका सडक दुर्घटना न्यूनिकरणका गर्न समिति बनाउन प्रस्ताव गरेका थिए । 

समितिमा उपत्यका ट्राफिक प्रहरी कार्यालयकी डीआईजी मीरा चौधरी, यातायात व्यवस्था विभागका महानिर्देशक डा.टोकराज पाण्डे, सडक विभागका महानिर्देशक अर्जुनजंग थापा र प्रहरीका डीआईजी वसन्त कुँवर सदस्य छन् । मन्त्रिपरिषद्ले गठन गरेको समितिमा यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वार पनि सदस्य छन् ।  चाडपर्वमा नागरिक सहज तरिकाले घरसम्म पुग्न सक्नेगरी यातायातको व्यवस्थापन गर्न समितिलाई कार्यदेश दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप