शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बाँकेका सात स्थानमा नागरिक सहायता कक्ष

शुक्रबार, ०७ असोज २०७९, १६ : २०
शुक्रबार, ०७ असोज २०७९

दसैंलाई लक्षित गरेर बाँकेका सात स्थानमा यात्रु तथा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । भारतबाट फर्किने नेपालीलाई सुरक्षित र सहजरुपमा गन्तव्यसम्म पुग्ने वातावरणका लागि नेपाल–भारत सीमानाका जमुनाह, नेपालगञ्ज बसपार्क र कोहलपुर बसपार्क, र्बैजनाथको सम्झना बजार, खजुराको धनौली, राप्तीसोनारीको कुसुम र बैजनाथको चिसापानीमा सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक रामबहादुर घर्तीले जानकारी दिए ।

चाडपर्व मनाउन भारतबाट फर्किने नेपालीहरु लुटिने र ठगिने गरेको गुनासो आएपछि जिल्ला प्रहरी कार्यालय बाँकेले जमुनाहमा नागरिक सहायता कक्ष सञ्चालनमा ल्याएको प्रहरीले जनाएको छ । भारतबाट फर्केका नेपालीलाई ठगिन र लुटिनबाट जोगाउन नागरिक सहायता कक्ष मार्फत सचेतना जगाउने र समस्यामा परेका नेपालीलाई गन्तव्यसम्म पु¥याउन सहयोग गर्ने उद्देश्यले स्थापना गरिएका सहायता कक्ष प्रभावकारी हुने प्रहरी नायब उपरीक्षक घर्तिले बताए । 

बाँके प्रहरीले खास गरी जमुनाह नाकामा निगरानी बढाएको जानकारी दिँदै प्रहरीले चाडपर्वका लागि विशेष सुरक्षा योजना बनाउन थालेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप