बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दयाहाङ राईलाई दोस्रो पुत्रलाभ

शुक्रबार, ०७ असोज २०७९, १६ : ०१
शुक्रबार, ०७ असोज २०७९

अभिनेता दयाहाङ राईको दोस्रो सन्तान छोरा भएको छ । उनकी पत्नी बेनुकाले शुक्रबार बिहान बसुन्धरास्थित इशान अस्पतालमा दोस्रो सन्तानका रुपमा छोरालाई जन्म दिएकी हुन् ।

दयाहाङको यसअघि पनि एक छोरा छन् । पहिलो सन्तान जन्माएको १० वर्षपछि दयाहाङ पुनः बुवा बनेका हुन् । छोरा भएपछि उनी सुटिङबाट अस्पताल पुगेका छन् ।

२०६५ सालमा विवाह गरेका दयाहाङ र बेनुकाको २०६९ सालमा पहिलो सन्तानको रुपमा छोराको जन्म भएको थियो । गायिका समेत रहेकी बेनुका पछिल्लो समय घर सम्हाल्दै आएकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप