शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आइएमई पे मार्फत फोनपे क्युआर स्क्यान गर्दा १ लाख जित्ने मौका

शुक्रबार, ०७ असोज २०७९, १५ : ४६
शुक्रबार, ०७ असोज २०७९

आइएमई पे र फोन पेबीच समझदारी भएको छ । सम्झौतापत्रमा आइएमई पेका तर्फबाट निमित्त प्रमुख कार्यकारी अध्यक्ष आमोद भट्टराइ फोनपेका तर्फबाट बिज्नेस डेभलपमेन्ट म्यानेजर रुशान्त श्रेष्ठले हस्ताक्षर गरेका छन् । 
समझदारी अनुसार  क्युआर स्क्यानमा रू. १,००,००० सम्म जित्न सकिने अवसर हुनेछ  भने त्यसका अतिरिक्त अन्य डिस्काउन्ट अफरहरुका पनि व्यवस्था मिलाइएको छ । 

चाडपर्वको अवसर पारी फोनपेले दशैँमा १० दिनको र तिहारमा ५ दिनको अफर सार्वजनिक गरेको जनाएको छ । यसको साथै यही असोज १४ गते पर्ने आइएमई पेको ‘क्युआर डे’ मा प्रयोगकर्ताहरुले आइएमई पे मार्फत फोनपे क्युआर स्क्यान गरी भुक्तानी गर्दा १०% छुट (अधिकतममा रु. १००) पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप