शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘म्यानहन्ट’ मा नेपालको प्रतिनिधित्व गर्न फिलिपिन्स उडे विकल्प

शुक्रबार, ०७ असोज २०७९, १४ : ४७
शुक्रबार, ०७ असोज २०७९

‘म्यानहन्ट नेपाल २०२२’ विकल्प राज श्रेष्ठ  फिलिपिन्स उडेका छन् । फिलिपिन्सको मनिलामा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिता ‘म्यानहन्ट इन्टरनेशन २०२२’ मा नेपालको प्रतिनिधित्व गर्न उनी शुक्रवार मध्यान्ह त्यसतर्फ उठेका हुन् ।

श्रेष्ठलाई प्रतियोगितामा ग्रुपअफ इभेन्ट इन्टरटेनसले पठाएको हो । इन्टरटेनसले श्रेष्ठलाई ‘म्यानहन्ट नेपाल २०२२’ को ताजसहित आधिकारिकता प्रदान गर्दै त्यसतर्फ पठाएको हो । इन्टरटेनस ‘म्यानहन्ट इन्टरनेशन’ मा नेपाली प्रतिनिधि पठाउने नेपालको आधिकारिक संस्था हो । यसले २००३ बाट यो प्रतियोगितामा नियमित प्रतिनिधि पठाउँदै आएको ग्रुपअफ इभेन्ट इन्टरटेनस सिइयो अनुप सेक्सनाले बताए ।

४० विभिन्न राष्ट्रका प्रतिनिधिले सहभागिता जनाउने प्रतियोगिता श्रेष्ठ नेपालको एक्लो सहभागी हुन् । विशेष गरेर मोडलिङ विधालाई फोकस गर्ने ‘म्यानहन्ट इन्टरनेशन’ ले यसपटक सुपर मोडल भनेर विजेता छान्दैछ । यो पुरुषहरू सहभागिता रहने प्रतिष्ठित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता पनि हो । 

यस अगाडि नेपालबाट यो प्रतियोगितामा प्रशान्त ताम्राकार, अनुप विक्रम शाही लगायतले समेत सहभागिता जनाएका थिए । २०१७ मा मिस्टर कलेज चितवन जितेका विकल्पले २०१८ मा मिस्टर नेपालको उपाधि हात पारेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप