शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘नोट’ लेखेर गायिका जेरुसा राई हराइन्

शुक्रबार, ०७ असोज २०७९, १४ : १८
शुक्रबार, ०७ असोज २०७९

ललितपुरको धोविघाटबाट गायिका जेरुसा राई बेपत्ता भएकी छन् । बिहीबार साँझ ७ बजेतिर उनी घरबाट हिँडेको र त्यसपछि सम्पर्कमा नआएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी सुधीर राज शाहीले रातोपाटीलाई बताए । 

जेरुसा राई युट्युबबाट चर्चित भएकी हुन् ।  युवापुस्तामा लोकप्रिय ३० वर्षीया राईले लेखेको ‘नोट’ फेला  परेको छ । नोटमा उनले लेखेकी छिन्–‘कसैलाई पनि दोष दिन्न, मेरो जीवनको दोषी म आफैँ हुँ ।’ उनी बेलायत बसेर फर्केकी थिइन् । उनको खोजी भइरहेको एसपी शाहीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप