एकथरीले प्रचण्ड सिद्धियोस् भनेर रातदिन धुप हाल्छन्ः प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकथरी मान्छेहरुले प्रचण्ड सिद्धियोस् भनेर रातदिन बसेर धुप हाल्ने गरेको बताएका छन् । अखिल नेपाल किसान महाससंघ (क्रान्तिकारी) को तेस्रो राष्ट्रिय भेलालाई काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले अस्थिरताको कारक प्रचण्ड भएको भन्दै आरोपित गर्ने गरेको पनि बताए ।
‘एकथरी मान्छेहरु बसेर रातदिन धुप हालेर बस्छन् प्रचण्ड सिद्धियोस् भनेर’, प्रचण्डको भनाइ छ, ‘यो देशको अस्थिरताको कारक प्रचण्ड नै हो भनेर निकै प्रचार गरेका छन् । यो माओवादीको वा प्रचण्डको व्यक्तिगत कुरा होइन । यो नेपाल राष्ट्र र जनताको त्याग, तपस्या र बलिदानबाट प्राप्त उपलब्धि उल्ट्याउने षड्यन्त्र अन्तर्गत भइराखेको छ ।’
जसले परिवर्तनको नेतृत्व गर्ने अवसर पायो उसैमाथि निरन्तर प्रहार भएको भन्दै प्रचण्डले आपत्ति जनाए । ‘चाहे युद्धकालमा होस्, चाहे शान्ति कालमा होस्, संविधान निर्माण र संविधान कार्यन्वयनको बेला होस्, जसले नेतृत्वदायी भूमिका खेल्यो त्यसैमाथि किन प्रहार भएको छ ?’ प्रचण्डले भने,‘हामीमाथि हुँदै नभएको झूटा आरोपहरू किन लगाएका छन ?काल्पनिक कपोकल्पित आरोप किन लगाइन्छ ?’
आफू केही समय अघि भारत भ्रमणमा जाँदा समेत त्यस्तै झूटा र कपोकल्पित प्रचार गरिएको प्रचण्डले बताए । ‘म केही समय अघि भारत गएको थिएँ । त्यहाँ हुँदै नभएको भेट्दै नभेटेको मान्छे भेट्यो भन्दै भन्दै प्रचार गरियो । यति बुँदे सहमति भारतमा प्रचण्डले ग¥यो भन्ने जस्ता नितान्त झूटा प्रचार गरियो । यस्तै प्रचार लगातार गर्न थालिएको छ ’ प्रचण्डले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्रीले भने, ‘सशस्त्रका जवानलाई १६ वर्षमा अवकाश दिने गरी कानुन बन्दैछ’
-
सिमेन्टमा भएको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न समितिको निर्देशन
-
आयरल्यान्डसँग स्तब्ध हुँदै उपाधि होडबाट बाहिरियो पाकिस्तान
-
धावनमार्ग नजिकका पक्की पर्खाल भत्काउँदै दक्षिण कोरिया
-
अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ
-
कवाडी व्यवसायीको विषयमा जसपा नेपालले गरायो सरकारलाई ध्यानाकर्षण