साउदी अरबको मदिनामा भेटियो सुनको भण्डार

person explore access_timeअसोज ७, २०७९ chat_bubble_outline0

साउदी अरबले मदिना शहरमा सुन र तामाको ठूलो भण्डार भेटिएको घोषणा गरेको छ । साउदी अरबले बिहिबार मदिनामा सुन र तामाको अयस्क साइटहरु पत्ता लागेको घोषणा गरेको छ । साउदी अरबको भूगर्भ सर्वेक्षण विभागले एक सोसल मिडिया पोस्टमा सुनको अयस्क मदिना क्षेत्रमा अबा अल–राहाको सीमाभित्र पत्ता लागेको बताएको छ । यस्तै, विभागका अनुसार मदिना शहरको अबा अल रहा इलाकामा माटोमा दबेको सुन भेटिएको छ जबकी अल मदिक र वादी अल फारा इलाकाको चार स्थानमा तामाको भण्डार भेटिएको छ ।


अल अरबियाको रिपोर्ट अनुसार यो भण्डारबारे पत्ता लागेपछि देशमा लगानी बढ्नेछ जसलाई देशको विकासमा प्रयोग गरिनेछ । अधिकारीका अनुसार यसबारे पत्ता लागेपछि देशमा ५३ करोड डलरको लगानी आउनसक्छ साथै ४ हजारभन्दा बढी नयाँ रोजगारी सिर्जना हुनसक्छ ।



साउदी युवराज मोहम्मद बिन सलमानको २०३० को भिजनमा तेल–ग्यासबाहेक खानीतिर पनि जोड दिइने समावेश थियो । युवराजले अनुसन्धान र विकासलाई प्राथमिकतामा समावेश गर्नुपर्ने बताएका थिए ।



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।