आचारसंहितामा हस्ताक्षर गर्न आयोगले प्रधानमन्त्रीलाई बोलाउने

मंसिरमा हुने चुनावका लागि निर्वाचन आचारसंहिता चाँडै पूर्ण कार्यान्वयनमा जाने भएको छ । त्यसका लागि निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रमुख राजनीतिक दलका नेताहरुलाई आगामी आइतबार आयोगमा बोलाउने तयारी गरेको छ ।
‘निर्वाचन आचारसंहिता लागु गर्नेबारे छलफल र प्रतिवद्धता जनाउन प्रधानमन्त्री र गृहमन्त्रीसँग आयोगले छलफल गर्दैछ । उहाँहरुलगायत अन्य पार्टीका नेतासँगको छलफलपछि आयोगले निर्णय गर्छ’, आयोगका एक आयुक्तले रातोपाटीसँग भने, ‘सम्भवत आइतबार प्रधानमन्त्रीको समय मिल्यो भने सोही अनुसार अन्य दलका नेताहरुलाई पनि बोलाएर प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेर आचारसंहिता लागु भएको घोषणा गरिन्छ ।’
निर्वाचनको मतदान गर्ने मिति अव ५८ दिन बाँकी छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेलले निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित भएको तर त्यो लागु हुन आयोगले निर्णय गर्नुपर्ने बताए । उनले भने, ‘आयोगले अहिलेसम्म आचारसंहिता लागु हुने मिति घोषणा गरिसकेको छैन ।’
विगतमा निर्वाचन आचारसंहिता लागु हुनेबारे एकरुपता भएको पाइँदैन । ‘विगतमा कहिले एक महिनाअघि, कहिले दुई महिना अघि र कहिले निर्वाचन घोषणा भएकै मितिदेखि पनि लागु भएको उदाहरण छ’, प्रवक्ता पौडेलले भने । यसबारे परिस्थिति हेरेर निर्णय गर्ने गरिएको नजिर रहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा प्रधानमन्त्रीका उम्मेदवारले त्यागे ‘वर्क फर्म होम’ अन्त्य गर्ने योजना
-
झुक्किएर डिपोर्ट भएका पुरुषलाई अमेरिकाले फर्काउन नसकेपछि...
-
लोसपा मधेस प्रदेश संसदीय दलको नेतामा राइन चयन
-
चैते धानको बीउ अनुदानमा दिँदै पोखरा महानगर
-
ट्राफिक नियम उल्लंघनकर्ताले अनलाइनबाटै कक्षा लिन पाउने व्यवस्था गरिँदै
-
गुरागाईं काममा फर्किएपछि काठमाडौँ महानगरका कर्मचारीले रोकिएको तलब पाए