एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एप मार्फत स्मार्ट क्युआर भुक्तानी सेवा सुरू
शुक्रबार, ०७ असोज २०७९, १३ : ०७
एनआईसी एशिया बैंकका ग्राहकहरुले अब आफ्नो मोबाइल बैंकिङ्ग एप प्रयोग गरी स्मार्ट क्युआरद्वारा भुक्तानी लिने मर्चेन्टहरुलाई भुक्तानी गर्न मिल्ने भएको छ । हाल बैंकका १४ लाखभन्दा बढी मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ता रहेका छन् ।
मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताले मोबाइल बैंकिङ्ग एपमा रहेको क्युआर भुक्तानी गर्ने विकल्प छनौट गरि स्मार्ट क्युआर स्क्यान गरि भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।
साथै बैंकमा खाता नभएका ग्राहकहरुले पनि प्ले स्टोर वा एप स्टोरमा गइ बैंकको एप डाउनलोड गरि लाईट (वालेट) अकाउन्ट रजिस्टर्ड गरेर सजिलै भुक्तानी गर्न सक्ने छन् । यो सुबिधा सुरु भएसँगै बैंकको मोबाइल बैंकिङ्ग सेवामा नयाँ आयाम थपिएको जनाइएको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोपबहादुर सहितका प्रतिवादीको निवेदनमाथि सुनुवाइ पुरा
-
कृष्ण कँडेलको फेसबुक आइडी ह्याक
-
मुख्यमन्त्री जम्कट्टेललाई एकीकृत समाजवादीको काउन्टर
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छ : अर्थमन्त्री पुन
-
मन्त्रिपरिषद् बैठकमा सहकारीको समस्याबारे गम्भीर छलफल