कोइराला र मोदीले शिलान्यास गरेको परियोजनाको भूमि पूजा सम्पन्न
![कोइराला र मोदीले शिलान्यास गरेको परियोजनाको भूमि पूजा सम्पन्न](https://rpcdn.ratopati.com/media/albums/bhumi_9J7GASt211.jpg)
तत्कालिन प्रधानमन्त्री सुशिल कोइराला र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शिलान्यास गरेका राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजनाको आज भूमि पूजा सम्पन्न भएको छ ।
भारत सरकारको सहयोगमा काभ्रेपलाञ्चोकमा निर्माण हुने सो राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजनाको नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र गृहमन्त्री श्री बालकृष्ण खाँणले संयुक्त भूमि पूजा गरेका छन् ।
यस परियोजनाको शिलान्यास सन् २०१४ नोभेम्बरमा भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणमा आएको बेला तत्कालिन प्रधानमन्त्री कोइराला र मोदीले संयुक्त रुपमा गरेका थिए ।
एक हजार करोड अनुदानमा निर्माण हुने यो परियोजना भारत सरकारको सहयोगमा नेपालमा निर्माण भएका ठूला परियोजनाहरु मध्येकै एक हो । स्थानीय वास्तुकला र आधुनिक प्रविधिको सम्मिश्रण गरि प्रतिष्ठानका भवनहरुको निर्माण गरिने नेपालस्थित भारतीय दूतावासले जनाएको छ । दिगो विकास मापदण्ड अनुरुप निर्माण हुने यो परियोजना वातावरण एवम् उर्जा मैत्री हुने बताइएको छ ।
भूमि पुजनपछि गृहमन्त्री खाँणले यस परियोजनाको निर्माण र द्विपक्षीय सहकार्य तथा विकास साझेदारी अन्तर्गत भइरहेको बताए । भारतीय राजदूत श्रीवास्तवले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको कार्यान्वयन टोलीले सबैको साथ र सहयोगमा निर्धारित समय भित्रै निर्माण कार्य सम्पन्न गर्ने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिर माहुरीको मह खाँदा अस्पताल पुगे संगीतकार सुरेश अधिकारी
-
शर्माको रिट खारेज, स्वास्थ्य सचिवमा बगाले कायम
-
भारतको ऊर्जा सप्ताहमा भाग लिन ऊर्जामन्त्री नयाँदिल्ली प्रस्थान
-
जोगमेहर श्रेष्ठलाई हराउने नानीमैयाँ दाहालको निधन
-
अध्यादेशमा उपेन्द्र र सरकार मुख हेराहेरको अवस्थामा
-
अर्जुन ट्रफीको उपाधि अत्तरियाले उचाल्यो, पायो १० लाख