आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

कोइराला र मोदीले शिलान्यास गरेको परियोजनाको भूमि पूजा सम्पन्न​

शुक्रबार, ०७ असोज २०७९, १२ : ३८
शुक्रबार, ०७ असोज २०७९

तत्कालिन प्रधानमन्त्री सुशिल कोइराला र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शिलान्यास गरेका राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजनाको आज भूमि पूजा सम्पन्न भएको छ । 

भारत सरकारको सहयोगमा काभ्रेपलाञ्चोकमा निर्माण हुने सो राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजनाको नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र गृहमन्त्री श्री बालकृष्ण खाँणले संयुक्त भूमि पूजा गरेका छन् । 

यस परियोजनाको शिलान्यास सन् २०१४ नोभेम्बरमा भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणमा आएको बेला तत्कालिन प्रधानमन्त्री कोइराला र मोदीले संयुक्त रुपमा गरेका थिए ।     

एक हजार करोड अनुदानमा निर्माण हुने यो परियोजना भारत सरकारको सहयोगमा नेपालमा निर्माण भएका ठूला परियोजनाहरु मध्येकै एक हो । स्थानीय वास्तुकला र आधुनिक प्रविधिको सम्मिश्रण गरि प्रतिष्ठानका भवनहरुको निर्माण गरिने नेपालस्थित भारतीय दूतावासले जनाएको छ । दिगो विकास मापदण्ड अनुरुप निर्माण हुने यो परियोजना वातावरण एवम् उर्जा मैत्री हुने बताइएको छ । 

भूमि पुजनपछि गृहमन्त्री खाँणले यस परियोजनाको निर्माण र द्विपक्षीय सहकार्य तथा विकास साझेदारी अन्तर्गत भइरहेको बताए ।  भारतीय राजदूत श्रीवास्तवले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको कार्यान्वयन टोलीले सबैको साथ र सहयोगमा निर्धारित समय भित्रै निर्माण कार्य सम्पन्न गर्ने विश्वास व्यक्त गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप