युरोपेली सांसदको टोली र एमाले उपमहासचिव ज्ञवालीबीच भेटवार्ता
शुक्रबार, ०७ असोज २०७९, ११ : ५९

नेपाल भ्रमणमा आएको १०औँ युरोपेली संसदका सांसदहरूको टोलीले एमालेका उपमहासचिव एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग शिष्टाचार भेट गरेको छ ।
संसद भवन नयाँ बानेश्वरमा विहीबार भ्रमण टोलीका प्रमुख रिजनर एव्लीनसहित ६ जना सांसदहरूको टोलीले उपमहासचिव ज्ञवालीसँग अन्तर संसदीय छलफल गरेको छलफलमा सहभागी एमाले परराष्ट्र मामिला विभागका सचिव डा अञ्जान शाक्यले जानकारी दिए ।
भेटमा युरोपेली संघले नेपाललाई गर्दै आएको विकास साझेदारी, नेपालको वर्तमान अवस्था, आगामी ४ मंसिरमा हुने निर्वाचन, स्थानीय तहको निर्वाचनलगायतको विषयमा छलफल केन्द्रित भएको थियो । युरोपेली सांसद टोलीकी प्रमुख एव्लीनले नेपालसँगको सहयोग साझेदारीलाई अझ विस्तार गर्दै लैजाने कुरामा सकारात्मक रहेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरीमा गोली चल्यो
-
मदन भण्डारीको सपना पूरा गर्ने अठोट फेरि एकपटक दोहोर्याउनु पर्ने बेला भयो : विद्या भण्डारी
-
पोखराको तालबाराहीमा सन्ध्याकालीन आरती (तस्बिरहरु)
-
मुस्ताङ घुम्ने विदेशी पर्यटकको सङ्ख्या बढ्दै, गत वर्ष कतिले गरे भ्रमण ?
-
विकासको प्रमुख आधारशिला पर्यटन क्षेत्र हो : राष्ट्रपति पौडेल
-
‘म ‘फलानो चोर, देश छोड’को पक्षमा छैन’