शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

समीट लघुवित्तको संस्थापक सेयर आजदेखि बिक्रीमा

शुक्रबार, ०७ असोज २०७९, ०९ : २९
शुक्रबार, ०७ असोज २०७९

समीट लघुवित्तले आजदेखि संस्थापक सेयरधनीहरूको नाममा रहेको २२ हजार २१५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

यसमा लघुवित्तका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले शुक्रबाट ३५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय बनेपा–१०, काभ्रेपलाञ्चोकमा सेयर मूल्य र संख्या खुलाई निवेदन पेश गर्नुपर्नेछ ।

उक्त समयभित्र कुनैपनि संस्थापकबाट निवेदन प्राप्त नभए अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गर्ने कम्पनीले जनाएको  छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप