मेलम्ची र इन्द्रावतीमा पाइन थाले माछा
बाढी आउनु अघिसम्म सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बु, इन्द्रावती, तिपेनीलगायत खोलाका माछाले राम्रो बजार पाएको थियो । गत वर्ष बाढी आएपछि भने माछा पाउन छाड्यो । माछा मारेर जीविकोपार्जन गर्ने स्थानीय निकै मारमा परेका थिए । अहिले भने ती खोलामा माछा पाइन थालेको छ ।
मेलम्ची, हेलम्बु, तिपेनीलगायत क्षेत्रमा लोकल माछा र ढिँडो खान तथा माछाका विभिन्न परिकार खान आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका थिए । यहाँका माझीहरूले मारेका माछा सहजै बिक्थे । पर्यटकले खानेमात्रै होइन, किनेर पनि लैजाने गर्थे । तर गत वर्षको बाढीका कारण पाइन छाडेपछि उनीहरु मारमा परेका थिए । अहिले फेरि माछा पाइन थालेको छ । “माछा फेरि पाइन थालेको छ, खाने ग्राहक भने पहिला जस्तो आउने गरेका छैनन्”, होटल व्यवसायी चन्द्रमाया नेवार्नीले भनिन् ।
काठमाडौँको जोरपाटीका रामचन्द्र श्रेष्ठ माछा पाउन थालेको थाहा पाएपछि मेलम्ची आउनुभएको बताए । मेलम्चीका माछा निकै स्वादिलो भएको उनी बताउछन् । यहाँ असला, कत्ले, काभ्रेजस्ता माछा पाइन्छन् । अहिले मेलम्ची, इन्द्रावती, तिपेनीलगायत खोलामा लगभग दैनिक २० किलोसम्म माछा फेला पर्ने गरेको स्थानीय माझीहरू बताउँछन् । माछा मारेरै जीविका चलाइरहेको माझी समुदायको पेशा बाढीका कारण सङ्कटमा परेको थियो ।
बाढीपछि अहिले माछा पाउन थालेको शम्भु माझीले बताए। उनले दैनिक दुई किलोसम्म माछा मारेर बिक्री गर्दै आउनुभएको छ । प्रतिकिलो रु एक हजार एक सयसम्ममा बेच्ने गरेको उनले बताए । माछा पुनः पाइन थालेपछि यहाँका व्यापारी, माझी, पर्यटकलगायत खुसी भएका छन् । बाढीका कारण माछा व्यवसायीको उठिबास भएपछि पछिल्लो समय मेलम्चीमा बाहिरबाट आयात गर्नुपर्ने स्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी डलर र युरो स्थिर , अन्य विदेशी मुद्रा कसको मूल्य कति ?
-
आज महालक्ष्मीको बार, कसलाई कति धन लाभ ? हेरौँ राशिफल
-
विनाशकारी डढेलोमा परी लस एन्जेलसमा कयौँको मृत्यु, पाँच जनाको मात्रै आधिकारिक पुष्टी
-
बैंकले सस्तैमा जग्गा लिलाम गरेको विरोधमा लहानका स्थानीय आन्दोलित, प्रहरीसँग झडप
-
रियाल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा, उपाधि भिडन्त बार्सिलोनासँग
-
लघुवित्त वित्तमा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य