शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चार पटक सम्बन्धविच्छेद, डिप्रेशनको शिकार : किन चर्चामा आइन् पाकिस्तानी नायिका नुर बुखारी ?

शुक्रबार, ०७ असोज २०७९, ०९ : ०६
शुक्रबार, ०७ असोज २०७९

पूर्व पाकिस्तानी नायिका नुर बुखारी पछिल्लो समय चर्चामा आएकी छिन् । वास्तवमा हलिउड अभिनेत्री एन्जेलिना जोली २० सेप्टेम्बरमा पाकिस्तान पुगेकी थिइन् । उनी बाढी पीडितको मद्दतका लागि अघि बढिन् । नुर बुखारीलाई एन्जेलिना जोलीको यस्तो व्यववहारले निकै छोयो । सोसल मिडियामा जोलीको तारिफ गर्दै नुर बुखारीले पोस्ट सेयर गरेकी छिन् जसमा उनले पाकिस्तानी फिल्मी इन्डष्ट्रिमा काम गर्ने सबै सेलिब्रिटीमाथि निशाना साँधेकी छिन् ।

नुर बुखारीको भाइरल भयो पोस्ट

नुर बुखारीले लेखेकी छिन्, ‘एन्जेलिना जोली हाम्रो मुलुकमा छिन् । उनलाई देखेर एकातिर खुसी त लागिरहेको छ तर आफ्नै इन्डष्ट्रिका सेलिब्रिटी देखेर लाज लागिरहेको छ । पाकिस्तानी सेलिब्रिटी आफ्नो फिल्मको प्रोमोशनका लागि मल र सडकमा नाच्ने गर्छन् । र जब मानिसहरुलाई उनीहरुको आवश्यकता पर्छ तब गायब हुन्छन् । रेशम र हदिका कियानीबाहेक कोही पनि मद्दतका लागि अगाडि आएका छैनन् । सेलिब्रिटी फ्यान फलोआर्सलाई के आग्रह गर्न चाहन्छु भने यिनीहरुलाई फलो गर्न बन्द गर्नुहोस् ।’

सोसल मिडियामा यो पोस्टले हंगामा मच्चाएको छ ।

को हुन् नुर बुखारी ?

नुर बुखारीको कुरा गर्ने हो भने उनी कुनै बेला पाकिस्तानकी चर्चित नायिका थिइन् । यसबाहेक उनी निर्देशक, मोडल र टेलिभिजन प्रस्तोताको रुपमा पनि प्रस्तुत भइसकेकी छिन् । नुर बुखारीले थुप्रै टिभी शो, विज्ञापन र फिल्ममा काम गरिसकेकी छिन् । आफ्नो फिल्मी करियरमा उनले ४४ उर्दू फिल्म र २० पञ्जाबी फिल्ममा अभिनय गरेकी छिन् । सन् १९९० मा बाल कलाकारको रुपमा उनी ठूलो पर्दामा देखिएकी थिइन् । फिल्म थियो ‘मुझे चान्द चाहिए’ । नुर बाल्यकालमा नै अभिनेत्री बन्न चाहन्थिन् । परिवारको पनि नुरलाई निकै समर्थन रह्यो । ३ जुलाई, १९७७ मा लाहौरमा जन्मिएकी नुर बुखारीले सन् १९९२ मा फिल्म ‘प्यार करना तो नहीं डरना’ बाट डेब्यु गरेकी थिइन् । सात वर्षको मेहेनतपछि नुर बुखारीले मुख्य अभिनेत्रीको रुपमा फिल्म ‘जन जन पाकिस्तान’ पाइन् ।

डिप्रेशनबाट पनि गुज्रिइन्

२५ वर्षको लामो करियरपछि नुर बुखारी फिल्म इन्डष्ट्रिबाट टाढा भइन् । सन् २०१७ मा अक्टोबरमा नुरले मनोरञ्जन जगतलाई सदाका लागि अलबिदा भनिन् । उनले इस्लामको बाटोमा चल्ने निर्णय गरिन् । वास्तवमा, नुर बुखारीको नीजि जीवन निकै समस्याग्रस्त रह्यो । नुर बुखारीको चार पटक सम्बन्धविच्छेद भयो । अन्तिम डिभाेर्सपछि उनी डिप्रेशनमा गइन् । त्यसैले उनले शोबिजलाई त्याग्दै इस्लामको मार्ग अपनाइन् ।

द एक्सप्रेस ट्रिब्युनलाई अन्तरवार्ता दिँदै नुरले भनेकी थिइन्, ‘सबैकुरा अल्लाहको मर्जीले भएको हो । हाम्रो समाजमा पुरुषवादी सोच निकै हाबी छ । म निकै दुःखी थिएँ र सम्बन्धविच्छेदका कारण निकै डिस्टर्ब पनि । मेरो जीवनमा केही पनि कुरा राम्रो भइरहेको थिएन । त्यसैले मैले आफूलाई इस्लाम तर्फ अघि बढिरहेको देखेँ । मलाई कसैले पनि ‘नयाँ नुर’ बन्न दबाब दिएको होइन । यो यत्तिकै भयो ।’

‘मेरो सम्बन्धविच्छेद जीवनको निकै दुःखद एपिसोड रह्यो । मैले एक्लै ट्रमा झेल्नुपर्यो । यहाँ याद गर्नुपर्ने कुरा के थियो भने मलाई कसैले पनि बुझ्ने कोसिस गरेन । कसैले मेरो कुरा सुनिरहेको थिएन । म शान्त दिमागमा थिइनँ । मैले एक महिला शिक्षिकालाई भेटेँ र प्रार्थना गर्न सुरु गरेँ । स्पिरिचिआलिटी एउटा यस्तो चिज हो जसलाई मैले सुरुदेखि नै गर्दै आएको थिएँ । मेरो विवाहबाट जुन मैले चोट पाएँ त्यसबाट मैले पार पाएँ । ’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप