बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेस नेता भण्डारीद्वारा कैलाली कारागारमा  सेनेटरी प्याड वितरण

शुक्रबार, ०७ असोज २०७९, ०८ : २३
शुक्रबार, ०७ असोज २०७९

नेपाली कांग्रेसका युवा नेता क्षितिज भण्डारीले कैलाली कारागारमा  सेनेटरी प्याड र स्वास्थय सामाग्री वितरण गरेका छन् । कांग्रेसबाट कैलाली ५ मा प्रतिनिधिसभा सदस्य उम्मेदवारका दाबेदार भण्डारीले सेनेटरी प्याड र स्वास्थय सामाग्री वितरण  गरेका हुन् ।

६१८ कैदीबन्दीलाई आफ्ना बाजे स्वर्गीय डिल्लीराज भण्डारीको स्मृतिमा स्वास्थय सामाग्री, सेनेटरी प्याड बाडेको उनले बताए । भण्डारीले नेपालको कारागारमा कानुनी परामर्शको अभावमा देखिएको बताए । आफूले चुनाव जितेपछि जेलको स्तरोन्नती गरेर कारागारलाई तालिम गृह बनाउने बताए ।

कार्यक्रमका आयोजक श्री रविशंकरको आर्ट अफ लिभिङ्गका सुदुरपश्चिम प्रदेश सयोजक नवीन ओझाले भण्डारीको गृह मन्त्रालयको अनुमति लिएर कैदीबन्दीलाई सहयोग गरेको बताए ।

८ दिनसम्म जेलमा योग र ध्यान प्रशिक्षण कार्यक्रम समेत जेलर नरबहादुर थापाको अनुमतिमा संचालन भइरहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप