शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ब्राण्डेड विदेशी मदिरा – यस्तो छ एउटै बोतलको ६ लाख २१ हजार रुपैयाँ

शुक्रबार, ०७ असोज २०७९, ०८ : ०१
शुक्रबार, ०७ असोज २०७९

नेपालीको ठूला चाडपर्व दशैं र तिहार नजिकै आइसकेको छ । यी चाड पर्वलाई नेपालीले वर्षभरिको थकान मेट्ने गरी खानपिन र रमाइलोमा बिताउने गर्छन् । मदिरा सेवन, आफ्ना र आफन्तसँग तास खेल्ने लगायत गरेर दशैं र तिहार मनाउने गरिन्छ । सोहीकारण, दशैं र तिहारमा वर्षकै सबैभन्दा धेरै मदिरा समेत बिक्री हुने गर्छ । 

दशैं र तिहारमा नेपाली र विदेशी ब्राण्डका मदिराको माग अत्याधिकरूपले बढ्ने गरेको विगतका तथ्यांकले देखाएका छन् । आज हामीले नेपालमा पाइने विदेशी ब्राण्डका महँगा मदिराको चर्चा गरेका छौं ।

क्यामू एक्सो इभिनिङ मूड

यो फ्रान्सको क्यामु कोङ्नाक कम्पनीले उत्पादन गरेको मदिरा हो । यो कम्पनी सन् १८८३ मा स्थापना भएको थियो । फ्रान्सको कोङ्नाकमा हेडक्वार्टर रहेको यो कम्पनीको संस्थापक जिन बापिस्टे क्यामु थिए । ७०० मिलिलिटरको एक बोतल यो मदिराको नेपाली मूल्य ४६ हजार ३९४ रुपैयाँ पर्न आउँछ ।

कोरवाइजर एक्सो

कोरवोइजर एक्सो जापानमा १८७ वर्षअघि स्थापना भएको कोरवोइजर नामक कम्पनीले उत्पादन गर्ने मदिरा हो । यो कम्पनीको स्थापना सन् १८३५ मा फ्रान्सको दक्षिण पश्चिमी क्षेत्र चाररेन्टेमा भएको थियो । ७०० मिलिलिटरको यो मदिराको मूल्य नेपाली बजारमा २६ हजार रुपैयाँसम्म पर्न आउँछ । 

मेउकाउ एक्सो

मेउकाउ एक्सो फ्रान्समा अवस्थित मेउकाउ कोङ्नाक कम्पनीले उत्पादन गर्ने मदिरा हो । यो कम्पनीको स्थापना सन् १८६२ मा भएको थियो । फ्रान्सको कोङ्नाक क्षेत्रमा रुसमा मदिरा निर्यात गर्ने लक्ष्यसहित अगस्टे क्रिस्टोफे र गुस्टभ मेउकाउ दाजुभाइले स्थापना गरेको कम्पनी हो । मेउकाउ एक्सो ७५० मिलिलिटरको नेपाली बजारमा १२ हजार ४१० रुपैयाँ पर्छ ।

क्यामु एक्सो एक्सट्रा

क्यामु एक्सो एक्सट्रा क्यामु कोङ्नाक कम्पनीले उत्पादन गर्ने मदिरा हो । यो कम्पनीले क्यामु ब्राण्डका धेरै थरीका मदिरा उत्पादन गर्दै आइरहेको छ । १ हजार मिलिलिटर क्यामु एक्सो एक्सट्रा मदिराको नेपाली बजारमा ४१ हजार ९४० रुपैयाँ पर्छ ।

रेमि मार्टिन लुइत्रे, मेड इन फ्रान्स

यो फ्रान्सको रेमि मार्टिन कोङ्गनाक कम्पनीले उत्पादन गरेको मदिरा हो । यसको इतिहाँस १३५ वर्षभन्दा पुरानो रहेको बताइन्छ । सोहीकारण, सबैभन्दा महँगो भएको ग्रिनलाइन सेन्टर रामशाहपथका सञ्चालक बीपी पौडेलले बताए । ७०० मिलिलिटरको नेपाली मूल्य ६ लाख २१ हजार ५ सय रुपैयाँ पर्न आउँछ । 

प्याट्रोन एक्सो क्याफे (टकिला)

प्याट्रोन एक्सो क्याफे ब्राण्डको मदिराको उत्पादन मेक्सिकोमा अवस्थित द प्याट्रोन स्प्रिट्स कम्पनीले गर्दै आइरहेको छ । यो कम्पनी सन् १९८९ मा मेक्सिकोको जलिस्कोमा स्थापना भएको थियो । नेपालमा ७५० मिलिलिटर प्याट्रोन एक्सो क्याफेको मूल्य १२ हजार ५ सय रुपैयाँ पर्न आउँछ ।

इस्ले स्काई

इस्ले स्काई स्टकल्याण्डको इस्लेमा अवस्थित कम्पनीले उत्पादन गर्ने मदिरा हो । ५० वर्ष पुरानो ७०० मिलिलिटर यो मदिराको नेपाली बजारमा १ लाख ९७ हजार ४८८ रुपैयाँभन्दा धेरै पर्छ । 

क्यामु इलिजी 

क्यामु इलिजी क्यामु कोङ्नाक कम्पनीले उत्पादन र बिक्री वितरण गर्दै आइरहेको मदिरा हो । यसको नेपाली बजारको मूल्य भने खुलाइएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप