शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

डिशहोमको 'उत्सव फाइबरनेट'अफर सार्वजनिक

शुक्रबार, ०७ असोज २०७९, ०७ : ५६
शुक्रबार, ०७ असोज २०७९

डिशहोम फाइबरनेटले चाडपर्वलाई लक्षित गरेर उत्सव फाइबरनेट योजना सार्वजनिक गरेको छ ।   

उत्सव फाइबरनेट अफर अन्तर्गत मात्र  ८७० रुपैयाँमा  प्रति महिना  २०० एमबीपीएसको इन्टरनेट प्याकेज दिनेछ ।  त्यस्तै प्रति महिना ५९५ रुपैयाँमा  ७५ एमबीपीएस, ६८७ रुपैयाँमा  १०० एमबीपीएस, ८२४  रुपैयाँमा  १५० एमबीपीएस  र  ९१६  रुपैयाँमा   २५० एमबीपीएसका प्याकेजहरु उपलब्ध रहेको डिसहोमले जनाएको  छ ।   

यो प्याकेज अफरमा एक वर्षको जडान गर्ने ग्राहकहरुले राउटर पनि सित्तैमा पाउनेछन् ।  इन्टरनेटसँगै टेलिभिजन सेवा पनि चाहने ग्राहकहरुले २५० रुपैयाँ प्रति महिनामा डिशहोम आई टिभीको सेवा पनि लिन पाउने डिशहोमले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप