व्यवसायी र संघसंस्थालाई 'परिचय पाटी' शुल्क बुझाउन काठमाडौं महानगरले दियो ३० दिने अल्टिमेटम

काठमाडौं महानगरपालिकाले व्यवसायी र संघसंस्थालाई परिचय पाटी शुल्क बुझाउन ३० दिने अल्टिमेटम दिएको छ । आज एक सूचना जारी गर्दै महानगरले केही व्यवसायी र संघसंस्थाले आफ्नो परिचय पाटी राखे बापत शुल्क नबुझाएको भन्दै ३० दिनभित्र बुझाउन समय तोकेको हो ।
‘काठमाडौँ महानगरपालिका क्षेत्रभित्र व्यापार व्यवसाय गर्ने केही व्यक्ति, संघसंस्थाहरूले आफ्नो कार्यस्थलमा बाहिर राखिआएको परिचय पाटी (व्यक्ति व्यवसाय वा सङ्घ संस्थाको परिचय खुल्ने नाम भएको) राखे बापत महानगरपालिकालाई बुझाउन पर्ने परिचय पाटी शुल्क बुझाएको नपाइएको हुँदा यस सूचना प्रकाशन भएको ३० (तीस) दिनभित्र सम्बन्धित वडा कार्यालयमा गई महानगरपालिकाको आर्थिक ऐन, २०७९ को अनुसूची ९ बमोजिमको निम्नानुसारको शुल्क बुझाउन सम्बन्धित सबैलाई जानकारी गराइएको छ,’ सूचनामा भनिएको छ ।
सो अवधिभित्र परिचय पाटी शुल्क नबुझाएमा वा तोकिएको साइजभन्दा ठूलो परिचय पाटी राखेको पाइएमा त्यस्ता परिचय पाटी महानगरपालिकाले तत्काल हटाउने महानगरले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्लिम समुदायको अपमान गरेको आरोपमा थालापथी विजयविरुद्ध एफआईआर दर्ता
-
भन्सार जाँच पासपछि अनुसन्धानको नाममा व्यवसायीलाई दुःख नदिन सांसदहरूको जोड
-
पुलिस क्लबको लगातार दोस्रो जित, कोशी प्रदेशको लगातार तेस्रो हार
-
वाणिज्य दूत शर्मा र नेपाल खेलकुद विश्वविद्यालयका डा. प्रसाईँबिच साझेदारीबारे छलफल
-
कर्णालीमा कांग्रेस सांसदको माग : हाम्रा मन्त्रीहरूलाई फिर्ता बोलाऔँ
-
विरोधको सूचना दर्ता गर्ने पाण्डे प्रतिनिधि सभामा अनुपस्थित