शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बलेफी–नौबिसे सडक नियमित सञ्चालन गर्ने व्यवस्था गर्न सभामुख सापकोटाको निर्देशन

बिहीबार, ०६ असोज २०७९, २२ : ४८
बिहीबार, ०६ असोज २०७९

सभामुख अग्निप्रसाद सापकोटाले आज सिन्धुपाल्चोकको ‘बलेफी जलविरे तेम्वाथान’ सहायक राष्ट्रिय राजमार्गअन्तर्गत स्तरोन्नति भइरहेको बलेफी नौबिसे सडकखण्डको निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा उनले समयमै तोकिएको मापदण्डअनुसार काम सम्पन्न गर्न र बाटो नियमित सञ्चालन गर्ने व्यवस्था गर्न सम्बद्ध पक्षलाई निर्देशन दिए ।

सडक अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, बलेफी गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, सडक डिभिजन कार्यालय दोलखाका इञ्जिनियर, निर्माण पक्ष लगायतको उपस्थिति थियो । सडक डिभिजन कार्यालयका इञ्जिनियर पोशाक नेपालका अनुसार यो सडक खण्डको ६० प्रतिशत भौतिक प्रगति भएको छ । सभामुख सापकोटालाई आगामी मङ्सिरसम्म बाटो ग्राभेलको काम सक्ने लक्ष्य रहेको इञ्जिनियर नेपालले जानकारी गराए ।

 सो सडकखण्ड अन्तर्गत टुनिबोटेदेखि जलविरेसम्म पाँच किलोमिटर बाटो स्तरोन्नतिका लागि रु ४७ करोड रकम विनियोजन भएकामा सोहीअनुसार डिजाइन लगत अनुमानको काम सकिएकाले ठेक्काको प्रक्रियामा रहेको पनि उनले जानकारी गराए । हाल स्तरोन्नति भइरहेको सडकखण्डमा निर्माणको काम नरोकिने र समयमै सम्पन्न गर्ने प्रतिबद्धता निर्माण पक्षले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप