जापानले अक्टोबर ११ देखि विदेशी पर्यटकको संख्यामा लागू सीमा हटाउने
जापानले भिसा–रहित तथा स्वतन्त्र पर्यटकलाई पनि आफ्नो सिमाना खुलाएको छ । साथै अक्टोबर ११ देखि दैनिक देश प्रवेश गर्ने विदेशी आगन्तुकको संख्यामा लागू सीमा पनि हट्ने जापानका प्रधानमन्त्री फुमियो किशिदाले घोषणा गरेका छन् । यी नियम लागु भएसँगै जापान सरकारले कोभिड–१९ संक्रमणको विस्तार रोक्न अढाई वर्षअघि लागू गरेका लगभग सबै नियमहरु हट्नेछन् ।
जापान सरकारले कोभिड–१९ को संक्रमणका कारण स्थगित भएको राष्ट्रव्यापी यात्रा छुट कार्यक्रम पनि अक्टोबर ११ बाट सुरु गर्ने भएको छ । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्कमा रहेका किशिदाले त्यहीबाट यी महत्वपूर्ण घोषणा गरेका हुन् । ‘धेरै मानिसहरूले नयाँ नीतिको फाइदा लिनेछन् भन्ने मेरो आशा छ । म कोरोनाभाइरसले निम्त्याएको महामारीमा सबैभन्दा प्रभावित यातायात, मनोरञ्जन र अन्य उद्योगहरूलाई सहयोग गर्न चाहन्छु,’ प्रधानमन्त्री किशिदाले पत्रकार सम्मेलनमा भने ।
जापानले जुन महिनादेखि पर्यटकहरूलाई देश प्रवेश दिन थालेको थियो । पहिलो चरणमा गाइड भएका पर्यटकको लागि मात्र सीमा खोलिएको थियो । सेप्टेम्बर ७ देखि सरकारले दर्ता गरिएका ट्राभल एजेन्सीमार्फत विमान तथा होटल बुक गर्ने गाईड–बिनाका पर्यटकहरूलाई सिमाना खुलाइयो । तर ती मार्ग धेरै विदेशी पर्यटकहरूमाझ अलोकप्रिय भएपछि पर्यटन उद्योगले सरकारलाई प्रतिबन्ध हटाउन दबाब दिइरहेको थियो । –जापान टाइम्सबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशमा सिकेको सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न मन्त्री भण्डारीको आग्रह
-
घनश्यामको प्रस्तावमा माधवको कैँची, कार्यविभाजनले असन्तुष्टि सामसुम !
-
यस्तो छ ‘द्रौपदी’ लुक्स
-
दुर्गा प्रसाईंको रिट खारेज, ऋण असुली गर्न बैंकलाई सहज
-
मिडल अर्डरमा राम्रो गर्न सकेनौँ : कप्तान आसिफ
-
चियासँग चुरोट पनि पिइरहनु भएको त छैन ?