बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बोटको नयाँ उपकरणहरू नेपाली बजारमा

बिहीबार, ०६ असोज २०७९, २१ : ३२
बिहीबार, ०६ असोज २०७९

भारतको वायरलेस हियरेबल ब्रान्डले फ्ल्यागशिप ब्रान्ड बोटल आफ्नो लाइनअपमा सुन्न र लगाउन मिल्ने उपकरणहरु चाडै नेपाली बजारमा ल्याउने जनाएको छ । नेपालमा स्मार्टवाच र हियरेबलको बढ्दो मागसँगै इम्याजिन मार्केटिङ लिमिटेडले उच्च गुणस्तरका उत्पादनहरू सुपथ मूल्यमा उपलब्ध गराई ग्राहकहरूको विकासशील आवश्यकता पूरा गरेको छ ।

स्क्वायर डायल भएको वेभ प्रो ४७, १.६९ इन्च कलर एचडी डिस्प्लेमा पूर्ण क्यापेसिटिव टच र रेस्पोन्सिभ टच इन्टरफेस रहेको छ । यो डिस्प्लेमा गुणस्तर्य पिक्चर, ५०० निट्स ब्राईटनेस, र विशाल दृश्य अनुभव प्रदान गर्छ । यसको नवीनतम बोट एएसएपी चार्ज टेक्नोलोजीको सात दिन सम्मको पावर ब्याकअप मात्र ३० मिनेटमा सतप्रतिशतसम्म चार्ज गर्छ ।

वेभ प्रो ४७ मा भएको आईपी६७ ले यसलाई पसिना, पानी र धुलो प्रतिरोधी बनाउँछ । जसले यसलाई उत्कृष्ट फिटनेस पार्टनर बनाउँछ । देशभर उपलब्ध वेभ प्रो ४७ को मूल्य ६ हजार ४९९ रुपैयाँ रहेको छ ।  कम्पनीलेको सबैभन्दा नयाँ संस्करणको बोट एकटेन्ड स्पोर्ट स्मार्टवाच पनि लन्च गरेको छ । यसमा फिटनेस वाचका सुविधाहरू समावेश गर्नुका साथै स्पोर्टी र स्टाइलिश छन् । यसमा ७०० प्लस सक्रिय मोडहरू छन् । जसले तपाईंको निद्राको गतिबिधि देखि तपाईंको पोस्ट वर्कआउटको लागि क्यालोरी ट्र्याक गर्छ ।

छिटो चार्ज हुने प्रविधिको साथ तयार पारिएको यो स्मार्टवाचलाई ३० मिनेटमै पूर्ण चार्ज गर्दछ । यसको मूल्य ६ हजार ४९९ रुपैयाँ पर्छ । यस्तै, कम्पनीले बजारमा नेकब्यान्ड रकअर्ज ३३० र रकअर्ज २५५ प्रो प्लस पनि ल्याएको छ । बजारमा रकअर्ज ३३० को मूल्य  ३ हजार ३९९ रकअर्ज प्रो प्लसको मूल्य ३ हजार ४९९ रुपैयाँ रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप