बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मोटरसाइकल चोरेको आरोपमा ४ जना पक्राउ

बिहीबार, ०६ असोज २०७९, २१ : ०५
बिहीबार, ०६ असोज २०७९

दैलेखको गुराँस गाउँपालिका–१ स्थित पातलखोला बाट मोटरसाइकल चोरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । स्थानीय भुपेन्द्र बहादुर रामजाली र  सेते बिकको घरमा पार्किङ गरेर राखेको मोटरसाइकल चोरेको आरोपमा बिहिबार ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको हो ।

पक्राउ पर्नेहरूमा चामुन्डा बिन्द्रासैनी नगरपालिका–८ बस्ने २० वर्षीय बिनोद शाही, २० वर्षीय रितिक शाही, २५ वर्षीय दिनेश शाही र सोही नगरपालिका–४ बस्ने १६ वर्षीय किशोर छन् । आरोपीहरुले भुपेन्द्रको घरमा राखेको लु.८० प २०१८ नम्बरको मोटरसाइकल र सेतेको घरबाट क.प्र.०२–००१ प २०९ नम्बरको मोटरसाइकलको ह्यान्डिल लक तोडेर चोरीको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

प्रहरी चौकी तल्लो ढुङ्गेश्वरबाट खटिएको प्रहरीले चोरी आरोपमा बिनोदलाई नियन्त्रणमा लिएको थियो । उनको बयानका आधारमा ईलाका प्रहरी कार्यालय दुल्लुबाट खटिएको टोलीले थप ३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । रितिक पैदल हिँडिरहेको अवस्थामा तथा किशोर र दिनेश भे.४ प ८५८३ नम्बरको मोटरसाइकलमा हिँडिरहेको अवस्थामा पक्राउ परेका हुन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप