अध्यक्ष लिङ्देन नेतृत्वको केन्द्रीय निर्वाचन परिचालन समितिले पायो पूर्णता
![अध्यक्ष लिङ्देन नेतृत्वको केन्द्रीय निर्वाचन परिचालन समितिले पायो पूर्णता](https://rpcdn.ratopati.com/media/albums/raprapa1_UiAW5wzfJf.jpg)
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको कार्यसम्पादन समितिको बैठकले अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको केन्द्रीय निर्वाचन परिचालन समितिलाई पूर्णता दिएको छ । बिहीबार बसेको बैठकले लिङ्देन नेतृत्वको समितिमा पूर्वअध्यक्षत्रय लोकेन्द्र बहादुर चन्द, पशुपति शमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनी, कार्यसम्पादन समितिका सदस्यहरू, पदाधिकारीहरू, सातवटै प्रदेशका अध्यक्षहरू, केन्द्रीय सदस्यहरू, विभागीय प्रमुखहरू र भातृ संगठनका प्रमुखहरुलाई सदस्यमा मनोनीत गरेको हो ।
बैठकले सदस्य सचिवको जिम्मेवारी महामन्त्री राजेन्द्र गुरुङलाई तोकेको छ । यस्तै बैठकले प्रदेश अध्यक्षको संयोजकत्वमा प्रदेश निर्वाचन परिचालन समिति र जिल्ला अध्यक्षको संयोजकत्वमा जिल्ला निर्वाचन परिचालन समिति गठन गरिएको छ । यस्तै कोषाध्यक्ष नीलकण्ठ काफ्लेको संयोजकत्वमा निर्वाचन आर्थिक समिति र प्रवक्ता मोहन श्रेष्ठको संयोजकत्वमा केन्द्रीय निर्वाचन प्रचार समिति गठन गरेको छ ।
बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको उम्मेदवार चयनका विषयमा छलफल भएको छ । प्रदेश अन्तर्गतका जिल्लासँग आवश्यक समन्वय गरी यथाशक्य चाँडो सुझाव पेश गर्न प्रदेश अध्यक्षहरूलाई बैठकले निर्देश दिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । उनका अनुसार बैठकले सम्मान विचार र धारणा भएका पार्टीसँग एकता र सहकार्यका लागि आह्वान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता