कञ्चनपुरमा सात हजार मतदाता थपिए

कञ्चनपुरमा सात हजार एक सय ५६ मतदाता थपिएका छन् । आगामी मङ्सिर ४ गते हुने सङ्घीय एवं प्रदेशसभा निर्वाचनमा कञ्चनपुरको मतदाताको सङ्ख्या तीन लाख दुई हजार पाँच सय नौ पुगेको जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले जनाएको छ ।
जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख उदयराज जोशीले कञ्चनपुरमा पुरुष मतदाता एक लाख ४६ हजार आठ सय ४८, महिला मतदाता एक लाख ५५ हजार छ सय ६२ र एक जना तेस्रो लिङ्गी गरी कूल तीन लाख दुई हजार पाँच सय नौ मतदाता पुगेको बताए ।
कञ्चनपुरमा पुरुषभन्दा आठ हजार आठ सय १४ जना महिला मतदाताको सङ्ख्या बढी रहेको उनले जानकारी दिए । “स्थानीय तह निर्वाचनको भन्दा अहिले सात हजार मतदाता थपिएका छन”, उनले भने, “हामी निर्वाचनको तयारीमा जुटेका छौँ ।”
कञ्चनपुरमा निर्वाचनका लागि ७६ मतदानस्थल र एक सय ३२ मतदान केन्द्र निर्धारण गरिएको र तीन सय ४६ मतदानस्थल कायम गरिएको उनले बताए । “निर्वाचन अधिकृतले नियुक्त पाएलगत्तै निर्वाचन अधिकृतको कार्यालय स्थापना हुन्छ”, उनले भने, “मुख्य निर्वाचन अधिकृतको कार्यालय सदरमुकाम र अन्य निर्वाचन अधिकृतको कार्यालय निर्वाचन क्षेत्रमा स्थापना हुन्छ ।”
कञ्चनपुरमा सङ्घीय तीनवटा निर्वाचन क्षेत्र रहेका छन् भने छ वटा प्रदेशसभा क्षेत्र रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्यालेक्सीसँग हार्यो संस्कृति इन्टरनेशनल
-
बीसीसीआईद्वारा आईपीएलका बाँकी सबै खेल रद्द
-
पाकिस्तानसँगको तनावबिच इन्डियन आयल कर्पोरेसनको अपिल
-
लागुऔषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ
-
प्रदीप नेपाल कठोर कम्युनिस्ट नियमबाट बाहिर निस्केर खुलापनका पक्षपोषण गर्ने नेता : राष्ट्रपति पौडेल
-
पाकिस्तानी दूतावास अगाडि प्रदर्शन, तस्बिरहरू