शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

निर्वाचन सुरक्षाबारे प्रधानसेनापति र ३ सुरक्षा निकायका प्रमुखबीच छलफल

बिहीबार, ०६ असोज २०७९, २३ : १३
बिहीबार, ०६ असोज २०७९

प्रधानसेनापति प्रभुराम शर्मा र ३ सुरक्षा निकायका प्रमुखहरुबीच निर्वाचन सुरक्षाबारे छलफल भएको छ । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाबारे नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसँग प्रधानसेनापतिले छलफल गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

बिहिबार जङ्गी अड्डामा भएको छलफलमा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह, सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा सहभागी थिए ।

सुरक्षा निकायका प्रमुखहरुको बैठकमा प्रतिनिधिसभा  र प्रदेशसभा निर्वाचनलाई शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थाको बारेमा छलफल भएको छ । निर्वाचन सुरक्षामा आवश्यक समन्वय गरेर अघि बढ्नेबारे छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप