बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

ललितपुरका दुई सहकारीबीच मर्जर

बिहीबार, ०६ असोज २०७९, २० : ०९
बिहीबार, ०६ असोज २०७९

ललितपुर महानगरपालिका–३ स्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र ललितपुर महानगरपालिका–५ कुमारीपाटीस्थित स्टार बचत तथा ऋण सहकारी संस्थाबीच एकिकरण गर्ने प्रारम्भिक सम्झौता भएको छ । बिहीबार ललितपुरमा दुई संस्थाका अध्यक्षबीच सम्झौता भएको हो ।

सम्झौतापत्रमा श्री लालीगुराँस सहकारी संस्था लिमिटेडका अध्यक्ष अमरदास श्रेष्ठ र स्टार बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष दिनेश राईबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सहकारी ऐन –२०७४, नियमावली –२०७५ र सहकारी संस्थाको एकिकरण तथा विभाजन निर्देशिका –२०७७ को अधिनमा रही एकिकरण सम्झौता भएको हो । सम्झौता पत्रमा दुई सहकारी एकिकरण गर्न संयोजन कार्यदल गठन भएको उल्लेख छ ।

कार्यदलमा श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी लिका तर्फबाट  अध्यक्ष अमरदास श्रेष्ठ, ऋण उपसमितिका सदस्य अञ्जु उप्रेती र चाटर्ड एकाउन्टेन्ट(सिए) गोविन्द शर्मा गैरे रहेका छन् ।  त्यस्तै स्टार बचत तथा ऋण सहकारी संस्था लिका तर्फबाट उपाध्यक्ष श्रद्धा शाक्य र चाटर्ड एकाउन्टेन्ट(सिए) प्रयास श्रेष्ठ रहेका छन् । 

सम्झौता लगत्तै दुई ठुला श्री लालीगुराँस र स्टारबीचको मर्जर प्रकृया शुरुवात भएको छ । ललितपुरका दुई ठुला संस्थाबीचको सम्झौताले दुवै संस्थाका संचालक समिति, उपसमिति र शेयर सदस्यमा थप उर्जा बढ्ने अपेक्षा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप