शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डेंगुका कारण २५ जनाको मृत्यु, साढे १९ हजार बढी संक्रमित

बिहीबार, ०६ असोज २०७९, १८ : ३१
बिहीबार, ०६ असोज २०७९

नेपालमा साउनयता साढे १९ हजार बढी डेंगुबाट संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १९ हजार ७६६ जना संक्रमित भएका हुन् । 

यस्तै साउन महिनायता डेंगुका कारण मृत्यु संख्या २५ पुगेको छ । मन्त्रालयका अनुसार सबैभन्दा बढी डेंगु संक्रमण पुष्टि बाग्मती प्रदेशमा भएको छ । बाग्मती प्रदेशमा मात्रै १४ हजार ३२ जनाको मृत्यु भएको छ । यस्तै, लुम्बिनी प्रदेशमा २ हजार ७० जना संक्रमित भएका छन् । 

यस्तै सुदूरपश्चिममा ६६३, प्रदेश १ मा ५८४, गण्डकी प्रदेशमा ४५१, मधेश प्रदेशमा २९९ र कर्णालीमा २२९ जना डेंगु संक्रमित भएको मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप