शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

युद्धमा सहभागीहरूले नै शान्तिको महत्त्व बुझ्ने गर्छन् : प्रचण्ड

बिहीबार, ०६ असोज २०७९, १८ : २६
बिहीबार, ०६ असोज २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा युद्धले नै शान्ति ल्याएको बताएका छन् । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको आत्मकथा लोकार्पण कार्यक्रममा बोल्दै प्रचण्डले युद्धमा सहभागीहरूले सबैभन्दा बढी शान्तिको महत्त्व बुझ्ने गरेको बताए । 

‘युद्धमा सहभागीहरूले सबैभन्दा बढी शान्तिको महत्त्व बुझेका हुन्छन् । मान्छेहरू लाग्छ एक पटक युद्धमा गएपछि बढो क्रुरुर छ कि त्यो बढी अमानवीय छ कि त्यो लोकतान्त्रिक छैन कि भन्ने भ्रम हुन्छ’, प्रचण्डले भने, ‘यथार्थ हेर्नुभयो भने चाहे अमेरिका स्वतन्त्र संग्रामको कुरा गरौं, युरोपका ठुला ठुला क्रान्तिको कुरा गरौं । जो ठुला ठुला विद्रोहमा गए शान्ति तिनीहरूले नै बुझे । शान्तिको लागि समाजमा उनीहरुले नै योगदान गरे ।’ 

अहिले पनि मान्छेमा माओवादी युद्धकालिन अवस्थामा जस्तै छ कि भन्ने भ्रम भएको प्रचण्डले बताए । ‘माओवादी उस्तै छ क्यारे भन्या जस्तो शान्ति सम्झौता, गणतन्त्र, संघीयता संक्रमणकालीन न्याय टुंगाउनको लागि लोकतान्त्रिक प्रक्रियामा टुंग्याउनको लागि सबैभन्दा गहिराइका साथ हामी लागि नै राखेका छौं’ प्रचण्डले भने ।

कार्यक्रममा सहभागीप्रति लक्षित गर्दै प्रचण्डले यस कार्यक्रममा सहभागीहरूमा सबैभन्दा बढी भ्रम छ कि भन्ने परेको बताए । ‘युद्ध र शान्ति माओवादीले के भूमिका खेलिरहेको छ ? माओवादी नेतृत्वले के भनिराखेको छ ? भन्नेमा भ्रम छ’ उनले भने, ‘शान्ति लोकतन्त्र, समृद्धि र  समाजवादको निम्ति ठुलो पीडा र छटपटी माओवादीलाई छ । ठुलो त्याग र बलिदानबाट आएको हुनाले माओवादी तपाईँको शान्तिको चाहनासँग एकाकार छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप