शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सूर्यबहादुर थापा मिलनसार र सहयोगी हुनुहुन्थ्यो : प्रधानमन्त्री देउवा

बिहीबार, ०६ असोज २०७९, १८ : १७
बिहीबार, ०६ असोज २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री स्वर्गीय सूर्यबहादुर थापा  मिलनसार र सहयोगी भएको बताएका छन् । स्वर्गीय थापाको आत्मकथा विमोचन समारोहमा प्रधानमन्त्री देउवाले स्वर्गीय थापामा मुलुकलाई ड्राइभ गर्ने कुशलता भएको बताए ।

‘सुर्यबहादुर थापासँग सेन्टर जेलमा भेट भएको थियो । उहाँ अत्यन्तै मिलनसार र सहयोग रहेको मैले पाएको थिएँ । मुलुकलाई ड्राइभ गर्ने उहाँमा कुशलता थियो ।’ स्वर्गीय थापाले मुलुकको भूराजनीति र आन्तरिक राजनीतिलाई बुझेर मात्र काम गर्ने गरेको देउवाले स्मरण गरे । थापाको कार्यकालमा मुलुकका धेरै क्षेत्रमा सुधारका काम भएको उनको भनाइ छ । ‘महत्वपूर्ण कामहरु कार्यान्वयनमा आएका थिए । मुलुकमा पहिलो पटक जनमत संग्रह पनि उहाँकै कार्यकालमा भएको थियो,’ देउवाले भने ।

नेपाली राजनीतिका विभिन्न आरोह–अवरोहहरु भोगेका थापाको आत्मकथा नेपालको राजनीतिक इतिहास बझ्न चाहनेका लागि गतिलो सामग्री हुने देउवाले बताए । उनले धनकुटाको ग्रामिण परिवेशबाट मुलुकको राजनीतिको उच्चपदमा पुगिसक्नु भएका थापाले आफ्नो जीवनमा गरेका संघर्ष आत्मा कथामा उल्लेख भएको बताए । आत्मकथामा ०१७ सालमा राजा महेन्द्रले संसद विघटनदेखि आफ्नो जीवनको अन्तिम घडीसम्मका घटना समेटिएको देउवाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप