कम्बोडियाली अदालतले अन्तिम जीवित खमेररुज नेताको अपिल उल्टाइदियो
कम्बोडियामा खमेररुज शासन कालमा भएको नरसंहारको अनुसन्धान गर्न गठित संयुक्त राष्ट्रसंघीय अदालतले ९१ वर्षीय खमेररुज नेता खिएउ साम्फानको फैसलालाई कायम गरेको छ । साम्फान खमेरुजका अन्तिम जीवित नेता हुन् । खमेररुजहरुको कठोर शासन ढलेको झण्डै ४० वर्षभन्दा बढी समयपछि सो शासनका अन्तिम जीवित नेताविरुद्ध कारबाही गरिएको हो ।
‘एक्ट्राओडिनर च्याम्सिर इन द कोर्ट अफ कम्बोडिया अर्थात कम्बोडियाली अदालतभित्रको असाधारण कक्ष (ईसीसीसी)’ को नामले चिनिने यस न्यायिक इकाइले ९१ वर्षीय साम्फानको अपीललाई अस्वीकार गर्यो । सम्भवतः यो यस विशेष अदालतको अन्तिम फैसला हुने अपेक्षा गरिएको छ ।
खमेर रुजको संस्थापक राज्य प्रमुख खिएउ साम्फानलाई सन् २०१८ मा मानवता विरुद्धको अपराध र जेनेभा महासन्धिको गम्भीर उल्लङ्घन र जातीय अल्पसंख्यक भियतनामीहरूको नरसंहारमा दोषी ठहर गरिएको थियो । खमेर रुज शासनमा २० औं शताब्दीमा सबैभन्दा क्रुर नरसंहारमध्ये एक भएको थियो ।
चार वर्षे शासनमा सामूहिक मृत्युदण्ड, भोकमरी र श्रम शिविरहरूमा कठोर अवस्थामा रहनुपरेकाले १५ लाखदेखि २० लाख मानिसहरू मारिएका थिए । सन् १९७९ मा छिमेकी कम्युनिष्ट मुलुक नै रहेको भियतनामले आक्रमण गरेर सो शासन अपदस्थ गर्दासम्म कम्बोडियाको लगभग २५ प्रतिशत जनसंख्याको मृत्यु भइसकेको थियो ।
खमेररुजको शासनमा झण्डै २० हजार भियतनामी जाति र १ लाखदेखि ५ लाख बीचमा चाम मुस्लिमी मारिएका थिए । खिएउ साम्फानले आफूविरुद्धको अदालती सुनुवाई हेडफोनमार्फत सुनेका थिए । उनले अदालतको फैसलामा प्रक्रियागत त्रुटिपूर्ण भएको प्रतिक्रिया दिएका थिए । उनको पुनरावेदन खारेज भयो र आजीवन कारावासको सजाय सुनाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
-
जीबी राईसहित १९ जनाविरुद्ध ३५ दिने म्याद
-
‘डिग्री माइला’को पहिलो साताको आम्दानी कति ?
-
भीमाको मृत्युबारे संसदमा उठ्यो कुरा, सत्यतथ्य छानबिन गर्न माग
-
गण्डकीका मुख्यमन्त्री अधिकारी भन्छन्– मैले संविधान बुझेको छु
-
जोखिम भत्ता काटेपछि प्रधान सेनापतिको कटाक्ष : बजेट बनाउनेलाई चिया खान पनि नपाउने ठाउँमा लान पाए हुन्थ्यो