१२ बुँदे सम्झौता दिल्लीले गराएको होइन : डा.बाबुराम भट्टराई
नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले तत्कालीन माओवादी र संसदवादी दलहरुबीच भएको १२ बुँदे सम्झौता दिल्लीले गराएको भनेर गलत प्रचार भएको गुनासो गरेका छन् ।
बिहीबार पूर्व प्रधानमन्त्री सुर्यबहादुर थापाको आत्मकथा पुस्तक विमोचन समारोहमा बोल्दै अध्यक्ष भट्टराईले १२ बुँदे सम्झौता दिल्लीले गराएको भनेर गरिएको प्रचार असत्य भएको बताएका हुन् । ‘१२ बुँदे समझदारी दिल्लीको हस्तक्षेपमा भयो भन्ने कुरा सत्य होइन’, डा. भट्टराईले भने, ‘१२ बुँदेको सुरुवात हामीले नै गरेका थियौँ । केपी ओली, नारायणकाजी र म ड्राफ्ट गर्दा थियौँ र अन्तिम रुप प्रचण्ड र गिरिजाबाबुले गर्नुभएको हो ।’
भट्टराईले कटवाल प्रकरणबारे पनि चर्चा गरेका थिए । त्यसबेला माओवादीले सेना नै कब्जा गर्न खोज्यो भनेर गलत भाष्य निर्माण गरेर गलत प्रचार भएको उनले बताए । भट्टराईले भने,'यस्ता गलत कुरा इतिहासमा दोहोरिँदा अन्याय हुन्छ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला
-
डिएभी विद्यालयमा राग र ताल मिश्रित सांस्कृतिक कार्यक्रम ‘तरङ्ग’ भव्य रूपमा सम्पन्न
-
मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
-
एकल, दलित र विपन्न महिलालाई आत्मनिर्भर बनाउन सवारी चालक तालिम
-
ब्राइटनविरुद्ध म्यानचेस्टर सिटीलाई ४–० को जित, उपाधि होड थप रोमाञ्चक