बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पत्रकार अधिकारी र भट्टमाथि कुटपिट

बिहीबार, ०६ असोज २०७९, १७ : १६
बिहीबार, ०६ असोज २०७९

समाचार संकलनका क्रममा दुई पत्रकारमाथि कुटपिट भएको भन्दै नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ । अनलाइनपाना डटकमका पत्रकार नारायणप्रसाद अधिकारी र शालिक भट्टमाथि बुधबार सर्लाहीको बागमती नगरपालिकाबाट समाचार संकलन गरी फर्कने क्रममा कुटपिट गरेको महासंघको विज्ञप्तिमा उल्लेख छ । 

 पूर्व–पश्चिम राजमार्गमा सवारी छेकेर पत्रकारद्वयमाथि ४–५ जनाको समूहमा आएका व्यक्तिहरूबाट निर्घात कुटपिट भएको महासंघले जनाएको छ । स्वतन्त्रपूर्वक सञ्चारकर्ममा जुटेका पत्रकारमाथि भएको कुटपिटको यो घटना  निन्दनीय र प्रेस विरोधी हर्कत भएको महासंघका महासचिव रोशन पुरीले जानकारी दिए । 

महासंघ घटनामा संलग्नको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन र पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित पक्षसँग महासंघले माग गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप