बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भीमफेदी बस दुर्घटना अपडेट : मृतकको संख्या ७ पुग्यो

बिहीबार, ०६ असोज २०७९, १७ : ११
बिहीबार, ०६ असोज २०७९

मकवानपुरको भीमफेदीमा मिनी बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ ।  भीमफेदी गाउँपालिका वडा नम्बर- ६ जुरिखेतस्थित ना ३ ख ७८५८ नम्बरको मिनी बस काठमाडौंबाट वीरगन्जतर्फ जाँदै गर्दा दुर्घटना भएको थियो । 

सो स्थानको ११ घुम्तिस्थित सडकबाट ६० मिटर तल खस्दा सुमोसँग ठक्कर खान पुगेको थियो । दुर्घटना हुँदा ६ जनाको घटना स्थलमै मृत्यु भएको थियो भने एक जनाको उपचारका लागि हेटौंडा अस्पताल ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक वामदेव गौतमले जानकारी दिए ।

सडक  दुर्घटना  हुँदा १८ जना घाइते भएको उनले बताए । उनीहरूको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप