बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

सस्तोमा इन्टरनेट दिन डिशहोमको अफर सार्वजनिक

बिहीबार, ०६ असोज २०७९, १७ : ०४
बिहीबार, ०६ असोज २०७९

डिशहोम फाइवरनेटले नयाँ ब्याण्डविथका साथ आकर्षक मूल्यमा ‘फास्टेस्ट इन्टरनेट’ प्याकेज ल्याएको छ । फेस्टिभ फाइबरनेट नाम दिइएको अफरअनुसार ८७० रुपैयाँ प्रतिमहिनामा २०० एमबीपीएसको इन्टरनेट प्याकेज उपलब्ध हुने कम्पनीले जनाएको छ । 

त्यस्तै प्रति महिना रु. ५९५ मा ७५ एमबीपीएस रु. ६८७ मा १०० एमबीपीएस, ८२४ मा १५० एमबीपीएस र रु. ९१६ मा २५० एमबीपीएसका प्याकेजहरु उपलब्ध हुने छ । यो अफरअनुसार एक बर्षको जडान गर्ने ग्राहकले ५जी डुअल ब्यान्ड राउटर पनि सित्तैमा पाउन सक्नेछन् । 

साथै इन्टरनेटसँगै टेलिभिजन सेवा पनि चाहने ग्राहकहरुले रु. २५० प्रति महिनामा डिसहोम आई टिभीको सेवा पाउनेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप