शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

गठबन्धन बैठक छाडेर शीर्ष नेता याक एण्ड यतीमा

बिहीबार, ०६ असोज २०७९, १२ : ००
बिहीबार, ०६ असोज २०७९

सत्ता गठबन्धनको बैठक छाडेर पाँच दलका शीर्ष ​ नेता होटल याक एण्ड यती पुगेका छन् । शीर्ष नेताहरू बैठकबाट निस्केपछि अन्य नेताहरू अलमलमा परेका छन् । 

सिट बाडफाँटका लागि बिहीबार दिउँसो २ बजेलाई कार्यदलसहित गठबन्धनको बैठक बालुवाटारमा बोलाइएको थियो । दुई बजेको निर्धारित समय भएपनि बैठक ३ बजेमात्रै सुरु भएको थियो । बैठक सुरु हुनेबित्तिकै शीर्ष नेता सुर्यबहादुर थापाको आत्मकथा पुस्तक विमोचनका लागि बालुवाटारबाट हिँडेका थिए । पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम सहभागी भएका छन् । 

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बैठक जारी रहेकै बेला नेताहरू किताब विमोचनमा निस्केकाले कुनै प्रगति नभएको बताए । ‘केही पनि भएको छैन, नेताहरू उता (पुस्तक विमोचनमा)  गएका छन्’, रातोपाटीसँग पौडेलले भने, ‘आज टुंग्याउने भनेको के हुन्छ थाहा छैन ।’

माओवादीका महासचिव समेत रहेका देव गुरुङले शीर्ष नेताबाहेकका नेताहरुबीच छलफल भइरहेको बताए । बालुवाटारमा कार्यदलसहित सिट बाँडफाँटको बैठक पछिल्लो समय अलि फरक ढंगले बस्दै आएको छ । ‘विभिन्न कोठामा फरक दलका नेता बस्न छुट्याइएको छ’, कार्यदलका एक नेताले भने, ‘कोठा कोठामा बसेर एक पक्षीय, दुई पक्षीय र त्रिपक्षीय ढंगले कुराकानी भइरहेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप