बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

आइएमई पेले ७.१३% ब्याज दिने

बिहीबार, ०६ असोज २०७९, १६ : ५३
बिहीबार, ०६ असोज २०७९

आइएमई पेले असोज महिनादेखि कम्पनीले प्रदान गर्दै आइरहेको ब्याजदर वृद्धि गरेको छ । साविकमा रहँदै आएको ६.०३% को ब्याजदर बढाएर ७.१३% कायम गरिएको कम्पनीले जनाएको छ । ​प्रयोगकर्ताहरुले बैंकमा झैँ सेवा आफ्नो मोबाइल वालेटमा आइएमई पे मार्फत ब्याज पाउन सक्नेछन् । प्रयोगकर्ताहरुले आफ्नो वालेट एपमा रू. १, ००० कायम राखी सुपरवालेटमा रूपान्तरण भइ यो सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।  
आर्थिक समावेशीकरण एवम् वित्तीय पहुँचको अभिवृद्धिमा यो महत्त्वपूर्ण कदम हुने विश्वास कम्पनीले लिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप