बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पाल्पाबाट ४ बालबालिका र २ महिला हराए

बिहीबार, ०६ असोज २०७९, १५ : ३७
बिहीबार, ०६ असोज २०७९

पाल्पा जिल्लाबाट भदौ महिनामा मात्र ८ जना बालबालिका हराएका छन् । जसमध्ये ४ जना भेटिएका छन् । बाँकी ४ जना हराइरहेका छन् ।  त्यस्तै ६ जना महिला हराएकोमा ४ जना भेटिएका छन् भने २ जना हराइरहेका छन् । 

जिल्ला प्रहरी कार्यालय पाल्पाले बिहीबार एक प्रेस विज्ञप्ति प्रकाशित गरी भदौ महिनामा भएका घटनाबारे जानकारी गराएको हो । प्रहरीका अनुसार भदौ महिनामा हराएका अन्य ४ जना महिला र ४ जना बालबालिका फेला परेका छन् । त्यस्तै भदौ महिनामा जवरजस्ती करणीका २ वटा उजुरी आएको प्रहरीले जनाएको छ । उक्त अवधिमा पाल्पामा ५ जनाले झुन्डिएर आत्महत्या गरेका छन् । भदौ महिनामा २१ मुद्दा परेकोमा ४ वटा फर्स्योट भएको र बाकी १७ वटा बाँकी रहेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विरेन्द्र थापाले जारी गरेको विज्ञप्ति अनुसार भदौ महिनामा १३ सय ३ वटा सवारीलाई कारवाही गर्दा ८ लाख ३३ हजार राजश्व संकलन भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप