बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बाँदरले पनि गर्छन् ‘सेक्स टोय’ को प्रयोग ?

बिहीबार, ०६ असोज २०७९, १५ : २७
बिहीबार, ०६ असोज २०७९

सेक्स टोयको विषयमा भलै खासै कुराकानी हुँदैन तर यसलाई मानिसदेखि जनावरसम्मले प्रयोग गर्छन् । इन्डोनेशियाको राजधानी बालीमा पाइने क्र्याब इटिङ मंकी (लामो पुच्छर भएको बाँदर) यौन सुखका लागि सेक्स टोय (यौन खेलौना) को प्रयोग गरिरहेका छन् । फरक यतिमात्रै हो कि यी बाँदरको सेक्स टोय रबर वा कुनै अर्को मुलायम वस्तुको साटो पत्थरले बनेको हुन्छ । सन् २०१६ देखि २०१९ सम्म वैज्ञानिकले बाँदरको एउटा समूहलाई यिनीहरुले ढुङ्गालाई कसरी प्रयोग गर्छन् भनेर अनुसन्धान गर्नका लागि निगरानीमा राखेका थिए । यतिबेला अप्रत्याशित रुपमा अनुसन्धानकर्ताहरुले बाँदरले ढुङ्गालाई औजारको रुपमा मात्रै नभई यौन सुखका लागि पनि प्रयोग गर्ने गरेको तथ्य फेला पर्यो । उनीहरुले एक अध्ययन प्रकाशित गरेर बाँदरले ढुङ्गालाई सेक्स टोयको रुपमा प्रयोग गर्ने कुरा खुलासा गरेका हुन् ।

अनुसन्धानका बेला के पत्ता लाग्यो भने भिन्न भिन्न आयु वर्गका भाले र पोथी बाँदरले आफूलाई सन्तुष्ट बनाउनका लागि ढुङ्गाको प्रयोग गरे । यद्यपि, यसमा केही अन्तर पनि स्पष्ट रुपमा देखिए । पोथी बाँदर ढुङ्गा छान्न बढी चुस्त छन् जबकी युवा भाले बाँदर ढुङ्गासँग खेल्छन् र एउटै ढुङ्गाको प्रयोग गर्छन् । यी बाँदरमध्ये केही त यौन इच्छा नभए पनि यी सेक्स टोयजसँग खेलिरहेको भेटिए । यिनीहरु यी ढुङ्गामाथि पल्टिन्छन्, त्यसलाई आफ्नो छालामा रगड्छन् र यसलाई एक अर्कामाथि हमला गर्नका लागि पनि प्रयोग गर्छन् ।

भाले र पोथी दुबैमाथि गरियो शोध

अध्ययनका अनुसार यो अचम्मको व्यवहार जनावरका केही समूहमा मात्रै देख्न सकिन्छ । नयाँ अध्ययन २०२० मा फिजियोलोजी एन्ड बिहेवियर जर्नलमा प्रकाशित पछिल्लो काममा आधारित छ । अनुसन्धानकर्ताले पहिला भाले बाँदरको सेक्स टोयजको प्रयोग बारे जानकारी दिएको थियो तर अब वैज्ञानिकले पोथी बाँदर माथि पनि यस्तै अध्ययन गरेको छ । यसले के पत्ता लागेको छ भने भाले र पोथी बाँदर समान रुपमा ढुङ्गाले बनेको सेक्स टोयजको प्रयोग गर्छन् ।

न्युयोर्क टाइम्स

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप