शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

साढे ३८ करोडले बढ्यो काठमाडौं महानगरको आम्दानी

बिहीबार, ०६ असोज २०७९, १८ : २१
बिहीबार, ०६ असोज २०७९

काठमाडौं महानगरपालिकाको आम्दानी साढे ३८ करोड रुपैयाँले बढेको छ । गत वर्ष २०७८ को असोज ५ गतेको तुलनामा यो वर्षको सोही अवधिमा उक्त आम्दानी बढेको हो । गत वर्षको असोज ५ गते महानगरले १ अर्ब २८ करोड ७१ लाख ३२ हजार ६६८ रुपैयाँ आम्दानी गरेको थियो । जुन, ३८ करोड ४२ लाख ७४ हजार ३१५ रुपैयाँले बढेर १ अर्ब ६७ करोड १४ लाख ६ हजार ९८३ रुपैयाँ पुगेको छ ।

यो गत वर्षको असोज ५ गतेको तुलनामा यो वर्षको सोही अवधिमा २८.८५ प्रतिशतले बढी हो । महानगरले धमाधम वर्षौदेखि नउठेको कर उठाइरहेको छ । भृकुटीमण्डपमा अवस्थित फनपार्कदेखि क्यासिनो, विद्यालय, कलेज, व्यापारिक मल लगायतबाट धमाधम कर उठाइरहेको छ । जसले महानगरको प्रत्यक्ष आम्दानी समेत बढेको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप