शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

छोरा आर्यन खानको गिरफ्तारीबारे गौरी खानको पहिलो प्रतिक्रिया

बिहीबार, ०६ असोज २०७९, १४ : २५
बिहीबार, ०६ असोज २०७९

शाहरुख खान र गौरी खानका छोरा आर्यन खान अघिल्लो वर्ष अत्यधिक चर्चामा थिए । आर्यनलाई मुम्बईबाट गोवा गइरहेको क्रुजको ड्रग्स केसमा नारकोटिक्स कन्ट्रोल ब्युरो अर्थात् एनसीबीले पक्राउ गरेको थियो । अक्टोबर सन् २०२१ मा आर्यनको गिरफ्तारीपछि ठूलो विवाद निम्तिएको थियो । अदालतमा थुप्रै सुनुवाई भए र थुप्रै समस्या पछि आर्यन खानले जमानत पाएका थिए । यस बीचमा सबैभन्दा बढी चिन्तित शाहरुखको परिवार भयो । अब पहिलो पटक आर्यनकी आमा गौरी खानले यसबारे कुरा गरेकी छिन् ।

गौरीले गरिन् आर्यन केसबारे कुराकानी

करण जोहरको शो कफी विद करणको नयाँ एपिसोडमा गौरी खान पुगेकी थिइन् । यहाँ उनीसँग चंकी पाण्डेकी श्रीमती भावना पाण्डे र सञ्जय कपुरकी श्रीमती महिप कपुर थिइन् । यी दुबैलाई नेटफ्लिक्सको शो फ्याबुलस लाइभ्स अफ बलिउड वाइभ्समा देखिन्छ । शोका होस्ट करण जोहरले आर्यन खानको विवादित केसको नाम नलिइकनै त्यसबारे कुराकानी गरे ।

करण जोहारले गौरी खानसँग भने, ‘यो उसको लागि निकै मुश्किल रह्यो । र तपाईंहरु सबै योभन्दा पनि शक्तिशाली भएर बाहिर निस्कनुभएको छ । मलाई थाहा छ, तपाईं एउटी आमा हुनुहुन्छ । हामी एउटै परिवारको हिस्सा हौँ र म पनि त्यहि परिवारको हिस्सा हुँ, जहाँ तपाईं हुनुहुन्छ । यो कसैका लागि पनि सहज थिएन र गौरी, तपाईं पहिलाभन्दा पनि शक्तिशाली बनेर उदाउनुभएको छ ।’

यसको जवाफमा गौरीले पहिलो पटक आर्यन खानको गिरफ्तारीबारे कुराकानी गरिन् । उनले भनिन्, ‘जसबाट हामी गुज्रिएका छौँ, त्योभन्दा खराब त अरु केही हुनै सक्दैन । तर एक परिवारको रुपमा हामी सँगै जहाँ छौँ, म भन्न सक्छु कि हामी सबै एउटा राम्रो स्पेसमा छौँ । हामीले एक अर्काबाट पाउने प्रेमलाई महसुस गर्छौँ । हाम्रा साथीहरु र ती धेरै मानिसहरु जसलाई हामी चिन्दैनौँ, बाट हामीले अत्यधिक मेसेज पायौँ । यसलाई हामीलाई भाग्यमानी महसुस गराउँछ । हामीलाई सहयोग गर्ने सबैप्रति म असाध्यै आभारी छु ।’

स्मरण रहोस्, आर्यन खानलाई ड्रग्स मामिलामा पक्राउ गरेपछि हिरासतमा राखिएको थियो । यतिबेला उनलाई आर्थर रोड जेलमा पनि पठाइएको थियो । ३० अक्टोबरमा आर्यन जेलबाट आफ्नो घर फिर्ता भएका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप