‘प्रेमगीत ३’ को हिन्दी संस्करणलाई पनि स्वदेशी मान्यता

person explore access_timeअसोज ६, २०७९ chat_bubble_outline0

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘प्रेम गीत ३’ को हिन्दी संस्करणलाई पनि नेपाली मान्यता दिएको छ । सञ्चार मन्त्रालयका प्रवक्ता तथा सेन्सर बोर्डका अध्यक्ष सेवन्तक पोखरेलले ‘प्रेम गीत ३’ नेपाली कलाकार, नेपाली निर्माता र नेपाली ब्यानरबाट बनेकाले स्वदेशी नै भन्नुपर्ने बताए ।


‘निर्माण युनिटले हिन्दी संस्करणका लागि चलचित्र विकास बोर्डबाट केही प्रकृया पुरा गर्नुपर्नेछ । त्यसका लागि विकास बोर्डमा  छलफल भइरहेको छ’, प्रवक्ता पोखरेलले भने ‘फिल्मले स्वदेशी मान्यता पाउनेछ ।’



‘प्रेम गीत ३’ को हिन्दी संस्करण विवाद पछि मन्त्रालयले बोर्डका अध्यक्ष भुवन केसीलाई बिहीबार मन्त्रालय समेत बोलाएको थियो । मन्त्रालयका प्रवक्ता पोखरेलले सेन्सर विवाद र घटनाक्रमबारे अध्यक्ष केसीसँग सोधपुछ गरेका थिए । सोधपुछका क्रममा अध्यक्ष केसीलाई सबै कुरो जानकारी गराएर नेपाली मान्यताका लागि पहल गर्न पठाएको प्रवक्ता पोखरेलले जानकारी दिए ।



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।