कांग्रेस प्रदेश सभापति यादव प्रदेशसभा सदस्यमा चुनाव लडने
नेपाली कांग्रेस मधेस प्रदेश सभापति कृष्णप्रसाद यादव रौतह– १ को (ख) बाट प्रदेशसभा सदस्यको उम्मेदवार बन्ने घोषणा गरेका छन् । बिहीबार रौतहटको माधव नारायण नगरपालिकामा नेता–कार्यकर्ता भेटघाट कार्यक्रममा उनले रौतहट – १ को (ख) मा सत्ता गठबन्धनबाट साझा उम्मेदवार बन्ने घोषणा गरेका हुन् । त्यहाँ जनताहरुसँग काँधमा काँध मिलाएर हिडने सोचले उक्त क्षेत्र रोजेको बताए ।
५ दलीय गठबन्धनद्वारा माधव नारायण नगपालिकाको – १ को दिपहीमा आयोजित चुनावी भेलामा रौतहट १ (ख) को प्रदेशसभा सदस्यमा आफ्नो उम्मेदवारी रहने सभापति यादवले बचाए । मधेस कांग्रेसले सभापति यादवलाई भावी मुख्यमन्त्रीका रुपमा अगाडि सारेर जाने तयारी छ ।
रौतहट– १ मा सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल उम्मेदवार बन्ने भएपछि प्रदेश सभापति यादव प्रदेशसभाको चुनाव लड्न भएका छन् । कार्यक्रममा गठबन्धनका विभिन्न पार्टीका नेता–कार्यकर्ताहरुको समेत उत्साहपूर्ण सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान’ घोषणा
-
टीयू मैदानमा अझै छ क्रिकेट क्रेज, तस्बिरहरू
-
मुम्बई : यात्रुले भरिएको डुङ्गा समुद्रमा पल्टिँदा दुई जनाको मृत्यु
-
जनजीविका र राष्ट्रिय मुद्दामा समाजवादी मोर्चा निष्प्रभावी
-
उमर खालिदले दिल्लीको अदालतबाट पाए अन्तरिम जमानत
-
‘नेपाल टेलिकमले ५ हजारसम्मको उपहार दिन्छ भन्ने सूचना झुटो’