शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हास्यकलाकार राजु श्रीवास्तवको अन्त्येष्टि

बिहीबार, ०६ असोज २०७९, १३ : ४८
बिहीबार, ०६ असोज २०७९

भारतीय हास्यकलाकार राजु श्रीवास्तवको बिहिबार अन्त्येष्टि गरिएको छ । दिल्लीको निगमबोध श्मसान घाटमा उनको अन्तिम संस्कार गरिएको हो । उनलाई भाइले मुखाग्नी दिएका हुन् । उनको अन्तिम संस्कारमा उनको परिवारका सदस्य, सुनिल पाल, एसान कुरैशी, मधुर भण्डारकरसमेत अन्य केही सेलिब्रिटीको उपस्थिति थियो ।

बिहिबार बिहान साढे ९ बजे दिल्लीको दशरथपुर, द्वारिकाबाट उनको शवयात्रा सुरु भएको थियो । यो राजुको भाइको घर हो । यसमा राजुका प्रशंसकको पनि उपस्थिति थियो ।

डेढ महिनाभन्दा बढी समयसम्म भेन्टिलेटरमा बसेपछि अन्ततः २१ सेप्टेम्बर (बुधबार) ५८ वर्षको उमेरमा राजुको निधन भयो । उनलाई अगस्ट १० मा व्यायाम गर्नेबेला कार्डियक अरेस्ट भएको थियो, त्यसपछि नै उनी दिल्लीको एम्समा ४२ दिनदेखि भर्ना थिए ।

राजु श्रीवास्तवकी श्रीमती

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप