आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

हिरो इलेक्ट्रिक स्कुटर किन्दा नगद र गिफ्ट ह्याम्पर

बिहीबार, ०६ असोज २०७९, १३ : ०९
बिहीबार, ०६ असोज २०७९

भारतमा उत्पादित हिरो इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक विक्रेताको रुपमा लक्ष्मी ई. मोविलिटी (लक्ष्मी गु्रपको भागिनी संस्था) ले एक अफर ल्याएको छ । कम्पनीले नाडा ईभी अटो सोमा स्टल नम्बर सी७ मा बुकिङ गरी स्कुटर खरिद गर्न चाहने ग्राहकका लागि नगद सहित आकर्षक गिफ्ट ह्याम्पर प्रदान गर्ने जनाएको हो ।  जसमा २५ हजार रुपैयाँसम्मको नगद पुरस्कार र लक्की ड्र मार्फत एक जनालाई जर्मन ब्राण्ड बोस वासिङ मेसिन प्रदान गरिने कम्पनीले जनाएको छ । 

कम्पनीले नेपाली बजारमा एनवाईएक्स, फोटोन र सिंगल तथा डबल ब्याट्री सहितको अप्टीमा गरी चार मोडलका इलेक्ट्रिक स्कुटर उपलब्ध गराइएको छ । एक पटक फूल चार्ज गरी ८२ किलोमिटरदेखि १६५ किलोमिटर सम्मको रेन्ज दिने यी स्कुटरहरुले भारतसहित नेपालमा पनि राम्रो व्यापार भइरहेको कम्पनीको भनाइ छ ।  भारतमा हिरो इलेक्ट्रिकका १२ मोडल उपलब्ध छन् । नेपाली बजारमा हाल चार मोडेल उपलब्ध गराइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप